कामना बैंकको स्थानान्तरित शाखाको उद्घाटन

काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेडको तनँहु शुक्लागण्डकी नगरपालिका वडा नं.०८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई ग्राहकको माग तथा सुविधालाई मध्यनजर गरी दुलेगौडामा स्थानान्तरण गरिएको छ । बैंकका सञ्चालक चतुराखर अधिकारी,देवकृष्ण काफ्ले तथा बलराम बरालबाट संयुक्त रुपमा यस स्थानान्तरित दुलेगौडा शाखा कार्यालयको विधिवत् रुपमा समुद्घाटन भएको हो ।

सोसल मिडिया बैकिग,इन्टरनेट बैकिग, मोवाइल बैकिग, एसएमएस वैकिग जस्ता विभिन्न डिजिटल माध्यमबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १ सय २९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएक मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया