लिटमस केबलको पावर पार्टनर्स मिट

काठमाडौ । लुम्बिनी विद्युत उद्योग प्रालिले बुटवलमा ‘पावर पाटनर्स मिट–२०७८’ सम्पन्न गरेको छ । कम्पनीले लिट्मस केवल ब्राण्डअन्तर्गत आधुनिक जर्मन प्रविधि एवं अत्याधुनिक पूर्वाधार प्रयोग गरी विभिन्न प्रकारका गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको छ । कार्यक्रममा लिट्मस केवलका ब्राण्ड एम्बेसेडर महानायक राजेश हमाल लगायत रुपन्देहीका स्थानिय व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पु¥र्याउन पार्टनरहरुको मेहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भावी योजनाबारे छलफल गरिएको थियो ।

सोहि अवसरमा कम्पनिका ब्राण्ड एम्बेसेडर हमालले लुम्बिनी विद्युत उद्योगको पनि भ्रमण गरेका थिए । भ्रमणको दौरान कम्पनीले प्रयोग गर्दै आइरहेको एडभान्स जर्मन टेक्नोलोजी मेसिनबाट उत्पादित सामानहरु अवलोकन गरेका थिए ।
सम्मेलनमा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले सबैको मेहेनत र ग्राहक सेवाले गर्दा कम्पनीले नयाँ उचाई हासिल गरेको बताए । यसको लागि देशभरका डिलरप्रति आभार प्रकट गर्दे उनले अझै बढी ग्राहक सेवामा केन्द्रित रही बिक्री सेवामा सुधार गर्दै जानुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया