एपोलो पेन्ट्सको ब्रान्ड एम्बेस्डरमा हमाल

काठमाडौं । एपोलो पेन्ट्स प्रालिले महानायक राजेश हमाललाई कम्पनीकोे ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ । ‘एपोलो पेन्ट्ससँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्ट्स’ भन्ने भावना उत्पन्न गरी उपभोक्ता तथा आम जनमानसमा अझ बढी लोकप्रिय ब्रान्ड बनाउन महानायक हमाललाई ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरिएको हो ।
एपोलो पेन्ट्स कम्पनी भरतपुर–९, चितवनमा २०६१ साल ७ वैशाखमा दर्ता भई स्थापना भएको हो । उपभोक्ताको मागबमोजिम इनामेल, प्राइमर र सिमेन्ट पेन्ट्स उत्पादन गरी व्यवसाय सुरु गरेको उद्योगले आधुनिक घरलाई सुहाउँदो तथा आवश्यकताअनुसार रङ उत्पादन गर्दै आएको छ ।

स्वदेशी पुँजीबाट वस्तुहरू उत्पादन गरी, स्वदेशमा नै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ स्थापना भएको कम्पनीले महानायक हमालको अनुबन्धितले उपभोक्तामाझ उत्पादनकोे लोकप्रिय हुने विश्वास लिएको छ । एपोलोको बजार हिस्सा ८÷१० प्रतिशत भएको अनुमान गरिएको छ । यसका उत्पादन नेपालको सातै प्रदेश शाखा कार्यालय, बिक्रीकक्ष राखि पूर्वमेचीदेखि पश्चिमा महाकाली, उत्तरमा भोट र दक्षिण तराई मधेशसम्म बिक्रीवितरण तथा सेवा विस्तार गरेको छ ।

उपभोक्ताको चाहनाअनुसार विभिन्न ग्रेडका तथा हजाराैं कलर सेड, आधुनिक मेशीनमार्फत उत्पादन गर बिक्रीवितरण गर्दै आएका छौ । हाम्रो उत्पादन प्रकृतिमैत्री, हेल्दी,लिड फ्रि छन् । र, आउँदा दिनमा पनि, उपभोक्तामैत्री, सेवा, सुविधा आवश्यकताअनुसार वृद्धि गर्दै आएको छ ।

प्रतिक्रिया