मेगा बैंक १ अर्ब ३९ करोड नाफामा

काठमाडौं । मेगा बैंकले चालू आर्थिक वर्षको पुस मसान्त सम्म १ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ७१.६८ प्रतिशत बढि हो । बैंकको खुद ब्याज आम्दानी भने २ प्रतिशतले घटेको छ । सञ्चालन आम्दानी ४ प्रतिशतले घटेको छ । १६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ७१ करोड रुपैयाँ छ ।

बैंकको निक्षेप संकलन ३४ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४ प्रतिशतले बढेर १ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३७ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ६ पैसा छ ।

प्रतिक्रिया