एनआईसी एसियाको नाफा २ अर्ब ४० करोड

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले चालू आ.व. २०७८/७९ को दोस्रो त्रैमासीक अवधिमा २ अर्ब ४० करोड खुद नाफा आर्जन गरेको छ । जुन वार्षिक विन्दुगत आधारमा १६ दशमलव ५७ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१ द्यशमलव ७७ प्रतिशत रहेको छ ।

बैंकले वार्षिक प्रति सेयर आम्दानी ४१ दशमलव ४३ रुपैया आर्जन गर्न सफल भएको पनि बेकद्धारा जारी अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ । कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई दोस्रो त्रयमाससम्ममा शन्ुय दशमलव ४७ प्रतिशतमा सीमित राख्न सफल भएको जनाएको छ ।

बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक छन् । बैंकले यस अवधिसम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशतले वृद्धि गरी कुल कर्जा रकम २ सय ७३ दशमलल ४६ अर्ब पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशतले वृद्धि गरी कुल निक्षेप संकलन २ सय ९९ दशमलव ३४ अर्ब पु¥याउन सफल भएको पनि उल्लेख छ ।

प्रतिक्रिया