नेप्सेमा गिरावट, ८ अर्ब ४४ करोडको कारोबार

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक (नेप्से) ३८.३५ अंक घटेर २८९८ अंकमा कायम भएको हो । दिनभर जम्मा ६ अर्ब २ करोडको कारोबार भयो । हिजो ८ अर्ब ४४ करोडको कारोबार भएको थियो । आज २० कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घट्यो । ६ कम्पनीको मूल्य स्थिर रह्यो । सबै उपसमूहहरु घटेका छन् । बैंकिङ १४, विकास बैंक ६३, फाइनान्स ५२, होटल तथा पर्यटन ७८, जलविद्युत ५९, जीवन बीमा २२५, उत्पादन १०९, लघुवित्त ७६, निर्जीवन बीमा ११७, अन्य ६० र व्यापार उपसमूह ८० अंकले घटे ।

बुद्धभूमि हाइड्रोपावर र सामलिङ पावरको मूल्य करिब १० प्रतिशतले बढेको छ । बुद्धभूमिको मूल्य प्रतिकित्ता २८७.८० र सामलिङको ७१४ रुपैयाँ पुगेको छ । घलेम्दी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.३ प्रतिशतले घटेर ३५३ रुपैयाँमा झरेको छ । अपी पावर, अरुणभ्याली हाइड्रोपावर, जलविद्युत् लगानी तथा विकास कम्पनी, माथिल्लो तामाकोसी र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी धेरै कारोबार रकमका आधारमा क्रमश अगाडि रहे ।

प्रतिक्रिया