खेल-खेलाडी

प्रधानमन्त्री कप: पुलिस र प्रदेश १ बीचकाे खेल स्थगित

सौर्य अनलाइन २०७८ माघ १ गते ९:३० मा प्रकाशित
काठमाडौं । खेलाडीमा कोरोना भाइरसकाे आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश-१ बीचको खेल स्थगित भएको छ ।  प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा टियु क्रिकेट मैदानमा आज  दुबै टिम बीच खेल तय भएकाे थियाे । तर, प्रदेश–१ का खेलाडीमा काेराेनाकाे आशंका गरिएपछि खेल होल्डमा राखिएको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ ।

आजको दोस्रो खेल भने निर्धारित समयमै हुनेछ ।  एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा सुदूरपश्चिमलाई २ रनले पराजित गरेको थियो । दोस्रो खेलमा आर्मीलाई ४ विकेटले हराएको पुलिसले तेस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध ८९ रनको सहज जित निकालेको थियो ।  पहिलो खेलमा कर्णाली प्रदेशसँग ३१ रनले हारेको प्रदेश–१ले दोस्रो खेलमा पानिका कारण मैदान चिसो भएर खेल हुन नसक्दा आर्मीसँग अंक बाँडेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय