कांग्रेस महामन्त्री : १४९५ मत गन्दा गगन अगाडि, विश्वप्रकाश दोस्रो र प्रकाशशरण तेस्रो

काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा बिहीबार बिहानबाट मतगणना सुरु भएको हो । अहिलेसम्म १४९५ मत गन्दा गगन थापा ९५५ र विश्वप्रकाश शर्मा ६६० मतसहित अगाडि रहेका छन् । प्रकाशशरण महत ४९१ मतसहित तेस्रो स्थानमा छन् । प्रदीप पौडेल भने ४४९ मतसहित चौथो स्थानमा झरेका छन् । त्यस्तै मीनेन्द्र रिजालले २७५ मत प्राप्त गरेका छन् । त्यस्तै राजाराम कार्कीले १८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया