१०७५ मत गन्दा कसकाे कति ?

काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा बिहीबार बिहानबाट मतगणना सुरु भएको हो । अहिलेसम्म १०७५ मत गन्दा गगन थापा ६७३ र विश्वप्रकाश शर्मा ४३४ मतसहित अगाडि रहेका छन् ।

प्रकाशशरण महत ३५३ मतसहित तेस्रो स्थानमा छन् । केही बेरअघिसम्म तेस्रो स्थानमा रहेका प्रदीप पौडेल भने ३४२ मतसहित चौथो स्थानमा झरेका छन् । त्यस्तै मीनेन्द्र रिजालले १०८ मत प्राप्त गरेका छन् । त्यस्तै राजाराम कार्कीले १८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया