काठमाडौं । मिलन शाह–शंकरको उपन्यास कृति ‘कर्ना’ लोकार्पण गरिएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी नाटक घरमा एक विशेष समारोहबिच प्राडा.इतिहासविद् सुरेन्द्र केसीको प्रमुख आतिथ्यमा सो कृति लोकार्पण गरिएको हो ।
प्रमुख अतिथि केसी वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, लेखककी आमा कमला शाह शंकर, साहित्यकार लेखनाथ पोख्रेल र वरिष्ठ संगीतकार राजु सिंहको सो कार्यक्रममा उपस्थिति थियो । रेडियो नेपालका बोर्ड सदस्य तथा गायक सीताराम पोख्रेल, कृतिका सम्पादक कृष्ण भुसाललगायतको पनि उपस्थिति थियो ।
सो अवसरमा अनावरण प्रमुख अतिथि तथा अतिथिहरूबाट आमा कमला फाउन्डेसनको पनि अनावरण गरिएको थियो । यो फाउन्डेसन स्रष्टा शाह–शंकरले आफ्नी आमा कमलाका नाममा स्थापना गर्नुभएको हो । सो अवसरमा राजु सिंह, सीताराम पोख्रेल, प्रकाशचन्द्र परियार, राजेन्द्र रिमाल, कमला डिसी, दीपेन्द्र सिंह दर्नाल, जितबहादुर राउत, सन्तोष श्रेष्ठ, घनेन्द्र ओझालगायतले स्रष्टा शाह–शंकरलाई बधाई तथा शुभकामना दिए ।
स्रष्टा शाह–शंकरले विविध कारणवश यो कृति पाठकमाझ आउन दश वर्ष लागेको बताउँदै आफ्ना पहिलाका कृतिभन्दा फरक ढंगले प्रस्तुत भएको बताए । महाकाव्यकार तथा कृतिका भूमिकाकार वरिष्ठ साहित्यकार खेमनाथ दाहालले सच्चैकै राम्रो कृति कर्ना रहेको बताउँदै कर्नाले उठाउन खोजेको विषय वस्तुमाथि प्रकाश पारे ।
पुस्तकको समीक्षा गर्दै प्रा.पुरुषोत्तम दाहालले दश वर्षे सशस्त्र हिंसाले धेरै घाउहरू दिएको बताउँदै यस कृतिमा पनि त्यसले समाजमा निम्ताएको घटनालाई उजागर गरेको बताए । समाजमा जगडिएर रहेको जातीय छुवाछूतका विषयलाई पनि कृतिले उजागर गरेको उनले सुनाए । जातीय छुवाछूत समाजको एक कंलक रहेको र यो दलितभित्र पनि रहेकाले यसलाई हटाउन सबैले पहल गर्नुपर्ने धारणा राखे ।
उनले पुस्तक एकदमै राम्रो रहेको बताउँदै सबैले पढ्न आग्रह पनि गरे । मिलाप पब्लिकेशनका अध्यक्ष एवं पत्रकार कृष्ण भुसालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि प्राडा.केसीले माओवादी सशस्त्र द्वन्द्वले अनेक पीडा र घाउ दिएको बताउँदै त्यसैमा आधारित सो कृति रहेको बताए ।
उनले देशको वर्तमान राजनीतिक परिस्थितिको चिन्ता गर्दै परिवर्तनले आमजनतामा कुनै उत्साह ल्याउन नसक्नुमा नेतृत्व वर्गका व्यक्तिगत स्वार्थ हाबी रहेको जिकिर गरे । प्र डा.केसीले आमा कमला फाउन्डेसनका लागि बधाई तथा शुभकामना दिए ।
मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण गीतकार तथा निर्देशक गणेश सुवेदीले गरेका थिए । सो अवसरमा पुस्तक प्रकाशन गर्न विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्ति, संघ संस्था र अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । मिलाप पब्लीकेशन प्रा.ली ले प्रकाशन गरेको ३६४ पेजको यो कृतिको मूल्य ५९९ राखिएको छ ।
कार्यक्रममा वरिष्ठ कलाकार उत्तम केसी, चलचित्र निर्देशक विनोद सेरेंग, रिमेश अधिकारी, रामशरण कोइराला, रवि कार्की, शेखर लामा, लिगेश भट्टराई, सास अधिकारी र अच्युत बजगाईँ उपस्थित थिए । नायिका तथा गायिका सारिका घिमिरे, साहित्यकार डिआर राई, राधा भण्डारी, रमेश दाहाल, राधा दुलाल कार्की, रंगकर्मी घिमिरे युवराज, युवा उद्यमी तथा व्यवसायी कृष्ण श्रेष्ठ, विकास लामिछाने र कलाकार अर्विन याक्थुम्बा पनि सो कार्यक्रममा उपस्थित थिए ।
प्रतिक्रिया