कांग्रेस महामन्त्रीमा ५०० मत गन्दा गगन र विश्वप्रकाशको अग्रता कायमै

काठमाडौं । १४औँ महाधिवेशनअन्तर्गत नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना पार्टी कार्यालय सानेपामा आज जारी छ । बिहान १०ः२० बजेबाट सुरु भएको मत गणनाको परिणाममा गगन थापाको अग्रता कायम नै छ ।

महामन्त्रीको ५०० मत गन्दा गगनको ( ३२५ मत आएको छ भने डा. प्रकाशशरण महतको १६३ र प्रदीप पौडेलको १७७ आएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी डा. मीनेन्द्र रिजालको ८६, डा. राजाराम कार्कीको १२ र विश्व प्रकाश शर्माको १८५ मत आएको बताइएको छ ।

महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल तथा शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा उम्मेदवार रहँदा डा. राजाराम कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया