खोजखबर

काठमाडौंका ११ स्थानमा कोरोना विरुद्धको खोप लगाईदै

सौर्य अनलाइन २०७८ मंसिर २३ गते १२:२१ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खाेप लगाउन आग्रह गरेको छ । मन्त्रालयले बिहिबार एक सूचना जारी गर्दै खोप लगाउन आग्रह गरेको हो । सूचनामा भनिएको छ– कोरोना भाइरसको जोखिम कम गर्नका लागि कोभिड–१९ विरुद्धको खोप नलगाई हुँदैन । त्यसैले १८ वर्ष भनदा माथीका खोप नलगाएका सबै जनाले जतिसक्दो छिटो तोकिएको खोप केन्द्रमा गएर खोप लगाऔँ ।

यी हुन् खोप सञ्चालन हुने अस्पताल तथा स्थान
खोप केन्द्रहरु सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र स्रनिक अस्पताल छाउनी, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध रहेको छ ।

त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वयोधा अस्पताल बल्खु, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल थापाथली, निजामती कर्मचारी अस्पताल मिनभवन र एपेक्स पोलीक्लिनक जडिबुटीमा गएर खोप लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय