आमा र दाइ मिलेर दुई गर्भवती बहिनीको हत्या

नयाँ दिल्ली । भारतको महाराष्ट्रमा एउटा विभत्स हत्या भएको छ । औरंगाबाद जिल्लाको वैजापुर तहसीलको गोयगांवमा एक गर्भवती युवतीको उनकै आमा र दाइले नृशंस हत्या गरेका छन् । आइतबार भएको यो हत्यापछि निकै खैलाबैला मच्चिएको छ । आफ्नो आमा–बुवा र परिवारविरुद्ध गएर यी युवतीले आफ्ना प्रेमीसँग भागेर विवाह गरेकी थिइन् । त्यसैकारण उनको परिवार उनीसँग रिसाएका थिए । हत्याका बेला युवती दुई महिनाकी गर्भवती थिए । यो कुरा उनका आमा र दाइ दुबैलाई थाहा थियो । घटनापश्चात् आमा र दाइले थाना गएर आत्मसमर्पण गरिदिए । साथै प्रहरी समक्ष आफ्नो अपराध पनि स्वीकारे । प्रहरीले यी दुबैलाई पक्राउ गरेर एक बयान जारी गरेर सबै घटनाको जानकारी दिएको छ ।

युवतीको नाम कीर्ति उर्फ किशोरी मोटे थियो । उनी र उनका श्रीमान् अविनाश थोरै दुबै गोयगांवमै बस्दथे । यो गाउँमा करिब ५ सय जनाको बसोबास छ । अविनाश आफ्नो गाउँ नजिकै २–३ किलोमिटर टाढा लाडगांव शिवराको एउटा फार्महाउसमा बस्दथे । किशोरी मोटे र अविनाश दुबै एउटै कलेजमा पढ्दथे । कलेजका बेला यी दुईबीच प्रेम बस्यो । यद्यपि, किशोरीको परिवारले छोरीको सम्बन्धमाथि विरोध गरिरहेका थिए ।
स्थानीय पत्रकार प्रशान्त त्रिभुवनले बीबीसीसँगको कुराकानीमा यो सम्बन्धको विरोध गर्नुको मुख्य कारण परिवारको सामाजिक प्रतिष्ठा र दुई परिवारको आर्थिक स्थितिमा अन्तर भएको बताए । यसैकारण युवतीको परिवारले यी दुईको सम्बन्धमाथि विरोध जनाए । तर अविनाश र किशोरी आफ्नो निर्णयमा अडिग भए । त्यसैले मोटे परिवारको विरोधका बावजुद उनीहरुले विवाह गर्ने निर्णय गरे ।
करिब ६ महिना अघि यस वर्षको जूनमा यी दुईले घरबाट भागेर विवाह गरे ।

विवाहपछि किशोरीलाई आफ्नी श्रीमती बनाएर अविनाश आफ्नो घर फर्किए । त्यसपछि नै किशोरी आफ्ना श्रीमानको लडगांवमा बनेको फार्महाउसमा बसिरहेकी थिइन् । यतिबेला उनको आफ्नो माइतीको परिवारसँग खासै सम्पर्क भएन । यद्यपि, घटना हुनु एक हप्ता अघि मृतककी आमा शोभा मोटे उनलाई भेट्न गएकी थिइन् । उनी आफ्नी छोरीलाई भेटेर चिया नास्ता गरेर घर फर्किएकी थिइन् ।

प्रहरीका अनुसार करिब एक हप्तापछि आइतबार ५ डिसेम्बरमा युवतीकी आमा शोभा र दाइ सञ्जय मोटे उनलाई भेट्न फार्महाउस स्थित उनको घर पुगे । त्यतिबेला किशोरी आफ्नो खेतमा काम गरिरहेकी थिइन् । उनले आफ्नी आमा र दाइलाई आफ्नो घरतर्फ आइरहेको देखिन् तब उनी खुसी भएर उनीहरु भएठाउँ दौडिएर लिन गएको बताइएको छ ।

किशोरीले दुबैलाई पानी खान दिएर चिया बनाउनका लागि भान्साकोठा तिर गएका बेला आमा र दाइले युवतीको हत्या गरिदिए । भाइ सञ्जयले धारिलो हतियार प्रहार गरेर किशोरीको टाउको शरीरबाट अलग गरिदिए । त्यसपछि सञ्जयले काटिएको टाउको बाहिर ल्याएर त्यहाँ भएका मानिसलाई देखाउन थाले । त्यसपछि दुबै काटिएको टाउकोलाई घरमा नै राखेर त्यहाँबाट गए । त्यहाँबाट दुबै बाइकमा चढेर पुलिस थाना गए ।
मृतक किशोरी मोटे दुई महिनाकी गर्भवती थिइन् । प्रहरीका अनुसार यो कुराको जानकारी उनकी आमालाई थियो । तरपनि यी दुईले कुनै सोचविचार नै नगरी युवतीको हत्या गरिदिए ।

प्रहरीले आफ्नो प्रेस नोटमा भन्यो, ‘यो घटनाका बेला उनकी आमा शोभा मोटेले आफ्नी छोरीको खुट्टा समातेकी थिइन् ।’ यो घटनामा उनकी आमाको पनि संलग्नता भएका कारण धेरैजना चकित छन् । सामाजिक कार्यकर्ता मंगला खिवांसराले यो घटनाको विश्लेषण गर्ने कोसिस गरिन् । उनले भनिन्, ‘यो सम्भव छ कि आमाले छोरालाई यसकारण साथ दिइन् किनभने उनी आफ्ना छोराप्रति कर्तव्यको झुटो भावनाका कारण बाध्य थिइन् ।’ यसैबीच प्रहरीले दुबै अभियुक्तलाई पक्राउ गरेर उनीविरुद्ध मुद्दा दर्ता गरेका छन् ।

प्रतिक्रिया