मुक्तिनाथ फाउण्डेशनको शुभारम्भ

काठमाडौ । मुक्तिनाथ फाउण्डेशनको मंगलबार विधिवत शुभारम्भ भएको छ । सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले यो संस्था स्थापना गरिएको हो । मुनाफा वितरण नगर्ने संस्थाको रुपमा दर्ता भएको यो संस्थाले लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्नेछ । औपचारिक कार्यक्रममा फाउण्डेशनले विधिवत रुपमा कार्याराम्भको घोषणा गरेको छ । फाउण्डेशनका अध्यक्ष भरत राज ढकालले दीप प्रज्वलन तथा संस्थाको लोगो सार्वजनिक गरी कार्यक्रमको शुभारम्भ गरेका हुन ।

सोही क्रममा उनले फाउण्डेशनको स्थापनाको पृष्ठभूमि, उद्देश्य र औचित्य बारेमा धारणा राखेका थिए । सो अवसरमा संस्थाका सल्लाहकार भरत प्रसाद आचार्यले फाउण्डेशनको परिचय, सेवा प्रवाहको दायराहरु, शीघ्र सञ्चालन गर्ने कार्यक्रमहरु तथा भावि योजनाहरु बारेमा जानकारी दिएका थिए । कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, संस्थापक भानुभक्त ढकाल, सल्लाहकार श्याम सुन्दर शर्मा, बैंकका संस्थापक अध्यक्ष खगेन्द्र राज रेग्मी र गायिका सुनिता दुलालले फाउण्डेशनको प्रभावकारिता र सफलताको लागि शुभकामना मन्तव्य राखेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया