सेयर बजारको नियमक निकाय प्रमुखबिहिन

काठमाडौ । सेयर बजारको नियमक निकाय ( नेपाल धितोपत्र बोर्ड ) र नेपाल स्टक एक्सचेन्ज प्रमुख विहिन भएको चार महिना हुन लाग्दा समेत सरकारले रिक्त उक्त स्थानमा अर्को व्यवस्था गर्न सकेको छैन । नियमक निकायको प्रमुख बिहिन भएको कारणले पनि बजारमा मनोबैज्ञानिक असर परेको आकलन गरिएको छ । फलस्वप नेप्से घटने क्रमले निरन्तरा पाइरहेको छ । सोमबार केही सुधार देखिएको सेयर बजारमा मंगलबार पुन नेप्से ७ महिना यताकै न्युन विन्दुमा पुगेको छ । नेप्से २ हजार ५ सय ८ दशमलव ९० विन्दुमा झरेको छ । यस अघि २०७७ चैत २५ मा नेप्से २ हजार ५ सय ६ दशमलव ६२ विन्दुमा बन्द भएको थियो ।

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले ४ भदौमा राजिनामा दिएका थिए । सर्वोत्तम सिमेन्टको भित्री कारोबार गरेको प्रमाणित भए पछि उनलाई अर्थमन्त्रालयले पटक पटक स्पष्टिकरण माग गरेको थियो । साउदलाई देउवा सरकारले नै २०७४ असोज २३ मा चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । अर्थ मन्त्रालयको अधिक प्रेसरको कारण कार्यकाल सकिनु भन्दा डेढ महिना अगाडि नै साउदले राजिनामा दिएका थिए ।

साउद सहित नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले पनि आफ्नो छोरीको नाममा सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर खरिद गरेका थिए । ढुंगानाले राजिनामा नदिए पछि सरकारले उनलाई बर्खास्थ गरेको थियो । उनी २०७६ पुसमा सो पदमा नियुक्त भएका थिए । उनको नियुक्तिको कार्यकाल ४ वर्षको रहे पनि सरकारले उनलाई सर्वोत्तम सिमेन्टको भित्री कारोबार गरेको प्रमाणित भए पछि १९ असोज २०७८ मा बर्खास्त गरेको थियो । त्यस यता सेयर बजारका दुबै नियमक निकाय प्रमुख विहिन हुदाँ समेत सरकार यी दुबै निकायको पदपुर्तीमा सम्वेदनसिल बन्न सकेको छैन ।

नियमक निकाय प्रमुख विहिन हुदाँ लगानीकर्तामा मनोबैज्ञानिक असर पर्दा यसको प्रभाव सेयर बजार परेको लगानीकर्ताहरुले बताएका छन । अर्को तर्फ बजामा सेयर बिक्री गर्ने हाबी भएका छन् । यस्ता लगानीकर्तामा थोरै बढ्दा बेच्ने प्रवृत्ति हावी भएकाले पनि बजारको गिरावट नरोकिएको अनुमान गरिएको छ । मंगलबार नेप्से परिसूचक ३७ दशमलव १८ अंक घटेर २ हजार ५ सय ८ दशमलव ९० विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो कारोबार दिन साढे ४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा २ सय ३१ कम्पनीको ४९ हजार ७ सय ४१ पटकको कारोबारमा ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार रुपैयाँ बराबरको ८३ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन क वर्गका कम्पनीहको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ६ दशमलव ८५ अंक घटेर ४७४ दशमलव १३ कोविन्दुमा पुगेको छ ।

अन्तरिम आदेश दिन अस्वीकार
बर्खास्तीमा परेका नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष भीष्मराज ढुंगानाको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले ढुंगानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । तर, उक्त मुद्दामा कारण देखाऊ आदेश भने जारी गरेको छ ।

बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्कासन प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर ढुंगानाको छोरी रेविका ढुंगानाको नामबाट खरिद गरेको फेला परेपछि सरकारले ढुंगानाका सम्बन्धमा अनुसन्धान गर्न जाँचबुझ समिति गठन गरेको थियो । समितिको प्रतिवेदनको आधारमा ढुंगानासँग सरकारले स्ष्टीकरण सोध्दै गत असोजमा बर्खास्त गरेको थियो । सरकाले बर्खास्त गरेपछि ढुंगानाले गत कार्तिक ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।

प्रतिक्रिया