रिलायन्स फाइनान्स १३ औं बर्षमा

काठमाडौ । रिलायन्स फाईनान्स बाह्रौं बर्ष पूरा गरि तेह्रौ बर्षमा प्रवेश गरेको छ । का.म.न.पा. २८ प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय रहेको फाइनान्सको मुलुकभर २० वटा शाखा कार्यालय रहेको छ । संस्थाको बार्षिकोत्सवको अवसरमा संस्थाले ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरुको लागि सहयोग गरि सामाजिक कार्यमा सहभागिता जनाउने क्रममा काठमाण्डौको सलम्बुटार, साँखु, काठमाण्डौ स्थित द्धन्द पीडित तथा अपाग समाज–नेपालमा आश्रित गरिब तथा निमुखा घरबार विहीन सुस्त मनस्थिती भएका बालबालिकालाई आवश्यक पर्ने औषधी सामाग्रीहरु बितरण ग¥र्यो । बार्षिकोत्सबको उपलक्ष्यमा संस्थाका सबै शाखा कार्यालयले विभिन्न सघं संस्थाहरुलाई सहयोग गरेका छन् ।

कार्यक्रममा फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्ली, संचालक सुरकृष्ण बैद्य, संचालक रवि कृष्ण श्रेष्ठ, संचालक उपेन्द्र बहादुर कार्की, संचालक तुल्सी प्रसाद बराल, संस्थाका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र उप प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन । संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई अन्य सबै बैगिक सेवा उपलब्ध गराउदै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया