राप्रपाको नेतृत्व छान्न मतदान जारी

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकता महाधिवेशनअन्तर्गत नेतृत्व छान्न मतदान जारी छ । काठमाडौंमा जारी महाधिवेशनमा शनिवार बिहान ८ बजेका लागि तय भएको मतदान ढिला गरी शुरू भएको थियाे । निर्वाचनबाट अध्यक्षसहित १९९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न २६६ जनाले उम्मेदवारी दिएका छन् ।

राप्रपा अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा भइरहेको छ । राप्रपाले अध्यक्षमा कागजी मतपत्र र अन्य पदमा विद्युतीय मशिनबाट मतदान गर्ने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया