‘कांग्रेसलाई गतिशील र उर्जावान बनाउन नेतृत्वमा नयाँ पुस्ता आउनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी गतिशील र उर्जावान हुन नेतृत्वमा नयाँ पुस्ता आउनुपर्ने बताएका छन् । सभापतिको उम्मेवारी घोषणा गरेका नेता कोइरालाले विराटनगरमा प्रदेश १ को अधिवेशन उद्धघाटन कार्यक्रममा भने, ‘नयाँ विचार, नयाँ कार्यशैली र नयाँ कार्यक्रमको पार्टीमा आवश्यकता छ ।’ भविष्यको नयाँ कांग्रेस निर्माणमा आफ्नो अन्तरआत्माको आवाज सुन्न उनले अधिवेशन प्रतिनिधिलाई आग्रह गर ।

नेतृत्वमा पुग्नेभन्दा पनि कस्तो कांग्रेस निर्माण गर्ने गहन जिम्मेवारी प्रतिनिधिमा आएको उनले बताए । चालु महाधिवेशनले युग सुहाउँदो कांग्रेस निर्माण गर्ने अवसर प्रदान गरेको कोइरालाले बताए ।

प्रतिक्रिया