मुख्यमन्त्री रोजगार कार्यक्रम : योजना छनोटमा राजनीतिक हस्तक्षेप

दैलेख । मुख्यमन्त्री रोजगार कार्यक्रम योजना छनोट प्रक्रियामा राजनीतिक हस्तक्षेप भएको भएको छ । योजना माग गर्दा प्रत्येक वडामा १ वटा योजना फरक घरका ७ जना उपभोक्ता रहने गरी समूहमा योजना माग गर्न मुख्यमन्त्री कार्यालयले भदौ ८ गते सूचना जारी गरेको थियो । जारी सूचनाको विपरीत पार्टीको लेटर प्याडमा योजना पेस गरी योजना छनोट भएकोले योजना छनोट प्रक्रियामा राजनीतिक हस्तक्षेप भएको हो ।

मुख्यमन्त्री रोजगारको लागि भदौ ८ गते सूचना जारी भए पनि जिल्लाको भगवतीमाई गाउँपालिकाको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को लेटर प्याडमा भदौ १ गते १३ वटा योजना छनोट गरेर पठाइएको छ । पठाइएका योजना मध्ये १२ वटा योजना मुख्यमन्त्री कार्यक्रममा छनोट भएको देखिन्छ ।

कर्णाली प्रदेशमा तत्कालीन अवस्थामा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र बहादुर शाही भएकोले योजना छनोट प्रक्रियामा राजनैतिक हस्तक्षेप भएको हुनसक्ने यहाँका स्थानीयले बताएका छन् । मुख्यमन्त्री कार्यक्रममा समेत राजनीति गर्नु राम्रो नभएको स्थानीय शिशिर जङ्ग शाहीले बताए ।

प्रतिक्रिया