राप्रपा महाधिवेशन : अध्यक्षमा उम्मेदवारी उठ्नेलाई तोकियो एक लाख शुल्क

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र (राप्रपा) को महाधिवेशनमा अध्यक्षको पदमा उम्मेदवारी उठ्नेलाई एक लाख रुपौयाँ शुल्क तोकिएको छ । बुधबारदेखि भृकुटीमण्डपमा उक्त पार्टीको महाधिवेशन उद्घाटन भएको छ ।

त्यस्तै पार्टीको उपाध्यक्षमा उम्मेदवारी उठ्नेलाई ७५ हजार शुल्क तोकिएको छ भने महामन्त्रीको लागि ५० हजार तथा केन्द्रीय सदस्यको लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिले जनाएको छ ।

उक्त महाधिवेशनले अध्यक्ष, एक महिलासहित चारजना उपाध्यक्ष, एक महिलासहित तीनजना महामन्त्री र १४१ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार शुक्रबारदेखि मात्र निर्वाचन कार्यक्रम सुरु हुनेछ ।

प्रतिक्रिया