संसद् र न्यायपालिकाको समस्या समाधान गर्न सर्वदलीय बैठक बोलाएर उपाय खोज्ने छाैं : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले न्यायालयमा देखिएको समस्या समाधानका लागि नयाँ धारणा बनाएर अघि बढ्ने बताएका छन् । बिहीबार अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४३औँ सम्मेलनमा सहभागी भई स्वदेश फर्किएका सभामुख सापकोटाले यस्तो बताएका हुन् ।

संसद् र न्यायपालिकाको समस्या समाधान गर्नका लागि सर्वदलीय बैठक बोलाएर उपाय खोज्ने उनले बताए । सम्मेलनमा आफूले नेपालमा संविधान जारी भएपछिका उपलब्धिहरूका बारेमा जानकारी र लोकतान्त्रिक अभ्यासलाई जीवन्त र जनमुखी बनाउनुपर्ने विषयमा जोड दिएको बताए । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४३औँ सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा यही मंसिर ८ गते स्पेनको म्याड्रिड गएका थिए ।

प्रतिक्रिया