फुट्याे नेकपा मसाल

काठमाडौं । कारबाही गरी जिम्मेवारी मुक्त बनाइएका नेताहरुले नेकपा मसाल फुटाएका छन् । कारबाहीमा परेपछि अलगै रहेको समूहले पार्टी औपचारिक रुपमा फुटाएको हो । फुटेकाहरूले नेकपा मसाल केन्द्रीय समन्वय समिति गठन गरेका छन् । बुटवलमा भएको भेलाले ३१ जिल्लाका १९१ जना प्रतिनिधिको सहभागिताले पूर्व सांसद सन्तबहादुर नेपालीको संयोजकत्वमा ५६ जनाको केन्द्रीय समन्वय समिति गठन गरिएको हो ।

जसमा ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । समितिको प्रवक्तामा कृष्णराज पौडेललाई बनाइएको छ ।
गठनपछि संयोजक नेपालीले दक्षिणपन्थी, अधिनायकवादी स्वेच्छाचारी नेतृत्वविरुद्ध विद्रोह गर्ने बताए । सातौं महाधिवेशनपछि पार्टीमा फरक मत राख्नेलाई कारबाही गर्ने, जिम्मेवारीविहीन बनाउने प्रवृत्ति हावी भएका कारण पार्टी फुटको अवस्थामा आइपरेको उनको भनाइ छ ।

प्रतिक्रिया