एमालेको केन्द्रीय सदस्यमा पाँचथरबाट चार जना निर्वाचित

पाँचथर । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा पाँचथरबाट केन्द्रीय सदस्यमा चार जना निर्वाचित भएका छन् ।

निर्वाचित हुनेहरुमा प्रतिनिधिसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, पूर्वमन्त्री डम्बरसिंह सम्वाहाम्फे, पूर्वमन्त्री श्रीप्रसाद जवेगु र संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ रहेका छन् ।

निर्वाचनमा प्रदेश १ बाट केन्द्रीय सदस्य पदमा वसन्तकुमार नेम्वाङले सर्वाधिक मत प्राप्त गरेका हुन् । एमालेको राष्ट्रिय महाधिवेशन यही मंसिर १० गते चितवनमा सुरु भएको थियो ।

१० गते नारायणी किनारमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र मंगलबार सकिएको हो । महाधिवेशनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र डा. भीम रावल अध्यक्षको पदमा भीडेका थिए । तर, ओलीले रावललाई भारी मतले पछि पार्दै अध्यक्षमा विजयी भएका छन् ।

प्रतिक्रिया