एमाले महिलालाई महाधिवेशनमा सकस

मिथिला पोखरेल

बल्ल बल्ल पाएको मौका र अवसरलाई भरपूर सदुपयोग गर्ने र भावी निर्वाचनलाई अझ प्रभावकारी बनाउने ध्येयले हामीले कति काम गरेका छौँ ? यो गम्भीर प्रश्न हो । होइन भोलि जेसुकै होस् भनेर लापरवाह तरिकाले काम गरिरहेका छौँ र त्यसलाई पार्टीले पनि राम्ररी ख्याल नगर्ने हो भने पार्टीको भविष्य तलमाथि पर्ने निश्चित छ । त्यसैले पार्टीको निकायले सबै जनप्रतिनिधिको मूल्यांकन गर्नुपर्छ ।

यो आलेख तयार गर्दासम्म एमालेको दशौँ महाधिवेशनको बन्द सत्र चालु छ । उद्घाटनदेखि बन्द सत्रमा देशव्यापी रूपमा महिलाहरू समेटिएका छन् । त्यहाँ विशेषतः सामनुपातिक रूपमा समावेश गरिएका वा मनोनयन गरिएका धेरै छन् । त्यसको आफ्नै कारण रहेको छ । महिलाले आफ्नो बौद्धिक शक्ति र सामथ्र्य अझै उजागर गर्न बाँकी देखिन्छ । यसमा संस्थागत भूमिका नै कमजोर रहेको देखिन्छ । संविधान विधान नेपालको मूल कानुन यसमा महिलाका संवैधानिक हक, अधिकारहरू ग्यारेन्टी गरेको छ । संविधानको प्रस्तावनामा नै अरू खालका तमाम विभेदजस्तै लैंगिक विभेद गर्न नपाइने उल्लेख गरिएको छ । संविधानको भाग २ धारा १२ मा वंशीय आधार तथा लैंगिक पहिचान सितको नागरिकता शीर्षकमा आमा वा बाबुको नामबाट नेपालको नागरिकताको प्रमाण पत्र पाउने किटानी व्यवस्था छ । संविधानमा समानताको हकका सन्दर्भमा पनि अरूलाई जस्तै महिलालाई पनि पुरुषसरह समान हकको संविधानले ग्यारेन्टी गरेको छ । संविधानको धारा ३८ को उपधारा १, २, ३, ४, ५, ६ मा महिलालाई लैंगिक भेदभावविना समान वंशीय अधिकार हुने किटानी व्यवस्था छ । त्यसमा सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य र राज्यका सबै निकाय समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक प्रदान गरिएको छ । त्यसैगरी शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षासम्बन्धी हक पुरुषसरह हुने व्यवस्था संविधानमा गरिएको छ ।

संविधानमा सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हकको व्यवस्था गरिएको छ । महिलालाई कुनै पनि खालको हिंसा कार्य वा शोषणलाई कानुन अनुसार दण्डनीय हुने र पीडितले क्षतिपूर्ति पाउने हक पनि किटान गरिएको छ । संविधानमा नगर पालिकामा अध्यक्ष वा उपाध्यक्ष मध्ये एक जना अनिवार्य ठहर गरेको छ । त्यसै गरी वडा सदस्यमा महिला अधिकार सुनिश्चित गरिएको छ । राष्ट्रिय महिला आयोग गठन गर्ने प्रावधान राखिएको छ । यसरी महिला अधिकारका सवालमा महत्वपूर्ण अधिकारहरूको संविधानमा किटानी व्यवस्था गरिएको हुँदा यी प्राप्त अधिकारहरूलाई सकारात्मक रूपमा उपयोग गर्नुपर्छ । यसमा महिलाहरूले आफ्नो क्षमता सिद्ध गर्नुपर्छ अनि मात्र अन्य अधिकारहरू माथि दावा गर्न सकिन्छ ।

यसैगरी दलित महिलालाई पुरुषसरह समान हकको ग्यारेन्टी गरिएको छ । सामाजिक न्यायको हकमा पनि महिलाको समान अधिकार संविधानले सुरक्षित गरेको छ । संविधानको भाग ६ को ७० धारामा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुने ग्यारेन्टी गरेको छ । यही धाराअनुसार विद्यादेवी भण्डारी नेपालको प्रथम राष्ट्रपति हुनुभयो । संविधान भाग ८, ९१ धारामा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये कुनै एक महिला हुनुपर्ने पनि संविधानमा किटानी गरिएको । यसै अनुसार सभामुख र उपसभामुख महिलाहरू हुनुभयो । तत्कालीन एमाले पार्टीले यस खालको संवैधानिक व्यवस्था नहुँदा पनि लीला श्रेष्ठ सुब्बालाई पहिलो उपसभामुख बनाएको थियो । त्यसैले महिला हकका सबालमा एमाले पार्टीलाई अगुवा भन्न सकिन्छ ।

संविधानमा अहिले जे जति महिलाका अधिकारहरू सुनिश्चित गरिएका छन्, ती सबै महिला आन्दोलनकै प्रतिफल हुन् । र यसमा नेकपा एमाले पार्टीको प्रत्यक्ष वा परोक्ष उत्प्रेरक भूमिकाको विशेष महत्व छ । तर संविधानमा महिला हक, हित र अधिकारका बारेमा ग्यारेन्टी गर्दैमा महिला क्षेत्र सबल र सक्षम हुन्छ भन्न सकिन्न । सामान्य बौद्धिक स्तरको मानिसलाई महत्वपूर्ण ज्ञान ग्रन्थ दिएर के हुन्छ र ? त्यसैले अनेम संघ लगायत महिला सरोकारका संघ संस्थाहरू र त्यसको नेतृत्वले पदीय हैसियत अनुसार आफैँ पनि बौद्धिक क्षमता विकास गर्न ध्यान दिनुपर्छ । आधारभूत र मूलभूत विषयको आवश्यक ज्ञान, सूचना र शिक्षामा आवश्यक पहुँच, पठन, लेखन र प्रकाशन बिना समाजमा बौद्धिक पहिचान बनाउन सकिँदैन । अहिले नै कति नेतृ होलान् विभिन्न विषय पत्र, कार्यपत्र, लेख र रचना लेख्ने र विषयगत टिप्पणी गर्ने कति होलान् ? पुरुष सरहको अधिकार खोजेपछि उनीहरू सरह क्षमता आर्जन गर्नैपर्छ, अघि बढ्नै पर्छ र पछि परेर हुँदैन । अलि पढेलेखेका महिलाहरू पनि संघमा प्रवेश गराउनु पर्छ । उनीहरू आए भने मेरो भाग खोसिन्छ कि भन्ने महिलाले देश र जनताको भाग नै खोस्न सक्छन् । किनभने आफूले राम्रो नगरे अरू राम्रो गर्नेलाई मौका दिए देशको भलो हुन्छ भन्ने चेत चाहिन्छ ।

प्रायः महिलाहरू लेख्न आउँदैन भन्ने गर्छन् तर मेरो अनुभवमा लेख्न सकिन्छ र लेखिन्छ पनि । यसको उदाहरण मसित नै सम्बन्धित छ । मलाई डा. पोखरेलले सुरुसुरुमा लेख्न प्रोत्साहित गर्नु हुन्थ्यो । उहाँले अनेम संघका तीता मीठा अनुभवहरू लेख्न भन्नु हुन्थ्यो । अनि म लेख्न आउँदैन भन्थेँ । त्यस बेला उहाँ जे जे मनमा आउँछ लेख्नु भन्नुभयो । नभन्दै मनमा आए जतिका सबै मैले कपीमा लख्तै गएँ । कपीको दुई पाना भरियो । अनि डा. पोखरेलले हेरेर ल्यापटपबाट करेक्सन गरिदिनु् भयो । मैले लेखेकै लेखलाई उहाँले तलमाथि गरेर मिलाइ दिँदा राम्रै लेख तयार भयो । कहिलेकाहीँ बुँदाहरू लेख्यो अनि तिनै बुँदाहरूलाई विस्तार गरेपछि लेख तयार हुँदोरहेछ लेख र रचना लेख्न सिके यसमा ध्यान र मन दिए लेख लेखिन्छ । जे जानेको छ लेख्तै जाने अनि सच्याउन कसैलाई दिने त्यसलाई तलमाथि पारेर मिलाउँदा लेख हुँदो रहेछ । यो मेरो घरकै अनुभव हो । बोल्न वा भाषण गर्न घरमै सिके हुन्छ गरे हुन्छ । राजनीति र राजकीय विभिन्न तहमा रहेर काम गर्दा महिलाले नेतृत्व गरेका कामहरूमा कम आलोचना हुनुप¥यो अर्थात् राम्रो हुनुप¥यो । तर केही ठाउँमा उपप्रमुखका गतिविधि अत्यन्त नकारात्मक छन् । त्यसले गर्दा महिलाको मात्र होइन पार्टीकै साख समाप्त हुनसक्ने देखिन्छ । फेरि पनि यस्तै हुने हो कि भन्ने केही उपल्ला तहका नेताको बेहोरा हेर्दा लागेको छ ।

माक्र्सवादसित महिलावादको तुलना गर्ने पनि हामी महिला रहेछौँ । यस्ता विषयमा हाम्रा घरमा नै चर्चा हुन्छ । महिला र महिलावादमा नै फरक होला, अनि यसरी भोलिका दिनमा ब्राम्हणवाद, मधेसवाद आदि आदिसित माक्र्सवादलाई दाँज्दै जाने हो भने के होला ? त्यसैले महिला सशक्तीकरण भनेको छ तर यस क्षेत्रको समग्र विकासमा हाम्रो ध्यान अझै गएको छैन । महिला राष्ट्रपति भनेर तथानाम गरियो तर त्यसका विरुद्ध हाम्रा आवाज र अन्तर्वार्ता कुनै मिडियामा आएनन् । यस विषयमा सशक्त र तर्कसंगत जवाफ हामीले दिएनौँ । प्राप्त उपलब्धिलाई जोगाउन बोल्न पनि नसक्ने हामी महिला कसरी सशक्त ? देश, पार्टी र सरकारका राम्रा कामहरू देखी नसहने कुराहरू भइरहँदा हामी मध्ये कुन महिलाले कहाँ बोल्यौँ लेख्यौँ ? प्रेस वक्तव्य मात्र जारी गरेर झारा टारेजस्तो गरेर हुन्छ ? माओले भनेझैँ झारपात मौलाएको देखेर हामीले कहिल्यै उखेल्यौँ ?

 

आफू एक्लै बढ्ने र भए भरका अवसर आफँै मात्र हत्याउने प्रतिस्पर्धा सामन्तवादी र पुँजिवादी प्रतिस्पर्धा रे अनि आफ्नो वर्ग तह र तप्का सबैलाई सक्षम, कुशल र योग्य बनाउन तत्पर हुने चाहिँ समाजवादी प्रतिस्पर्धा रे । यो कम्युनिस्टको र अझ हामी एमालेको प्रतिस्पर्धा हुनुपर्ने हो । त्यस विपरीत हिँडेपछि केही मानिस धनी मानी होलान् तर देश र जनताको उत्थान कहिल्यै हुँदैन । सम्पादकीय र प्रकाशकीय केहो ? थाहा नहुने र बहुराष्ट्रको परिभाषा पनि थाहा नहुने नेतृत्वलाई कसरी सशक्त र सबल भन्ने अनि यसैलाई महिला सशक्तीकरण भन्न सकिएला र ?
ंत्यसैले अहिलेको संविधानमा महिला आन्दोलनकै बलमा महिलाका अधिकारहरू सुनिश्चित गरिएका छन् । २००४ सालदेखि नेपाल महिला संघ, अखिल नेपाल महिला संघका झण्डामुनि गोलबद्ध भएर गरेका आन्दोलनहरूको प्रतिफल हो ।

त्यसैले आफ्नो पहल प्रयत्नबाट प्राप्त भएका संवैधानिक हक अधिकारहरूलाई संरक्षण सम्वद्र्धन गर्नुपर्छ । त्यसमा महिलाहरूले गौरव बोध गर्नुपर्छ । विभिन्न विषयमा लेख रचना लेखेर प्रकाशिन गर्ने कार्यपत्र सहित छलफल, बहस विचार गोष्ठी गर्ने जस्ता कामहरू गरेर बौद्धिक विकास गर्नुपर्छ । संविधानले दिएका अधिकार उपभोग गरेर राष्ट्रपति, उपराष्ट्रपति लगायत संघ, प्रदेश र स्थानीय निकायमा मन्त्री माननीय, गाउँ र नगरका उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य भएका महिलाहरू आफुले आएको अवसरमा आफैँ मख्क परेर बस्ने कि ? आम महिलाहरूको चौतर्फी उत्थानमा सक्रिय भएर लाग्ने भन्ने कुरा आजको महत्वपूर्ण सवाल हो । राजकीय अवसर पाउने महिलाहरू महिला उत्थानमा सक्रिय भएर कति लागेका छौँ भन्ने क्ुरा महत्वपूर्ण रहेको छ । जननेता मदन भण्डारी र जबजका अनुसार राम्रो काम राम्रै तरिकाले गर्नु पर्छ भनेझैँ नगर प्रमुख र उपप्रमुख हुँदा हाम्रो काम गर्ने तरिकामा पनि भर पर्छ ।

महिला, दलित, कविलेखकलगायत समाजका बहुआयामिक क्षेत्रमा काम गर्दा त्यस क्षेत्रको राय परामर्श सुझाव सल्लाह र सहभागितामा काम गर्दा परादर्शिता हुन्छ र त्यसबाट गुनासा आए पनि अत्यन्त कम गुनासा आउँछन् । अझ सरोकारवालाहरूकै सहभागिता र सक्रियतामा नगर पालिकाले समन्वय सहयोग र सुझाव तथा अनुगमन गर्दा अझ काम प्रभावकारी र परिणामुखी हुन्छ । यसरी काम गर्ने कुरामा हाम्रो र पार्टीको ध्यान कति पुगेको छ ? बल्ल बल्ल पाएको मौका र अवसरलाई भरपूर सदुपयोग गर्ने र भावी निर्वाचनलाई अझ प्रभावकारी बनाउने ध्येयले हामीले कति काम गरेका छौँ ? यो गम्भीर प्रश्न हो । होइन भोलि जेसुकै होस् भनेर लापर्वाह तरिकाले काम गरिरहेका छौँ र त्यसलाई पार्टीले पनि राम्ररी ख्याल नगर्ने हो भने पार्टीको भविष्य तलमाथि पर्ने निश्चित छ । त्यसैले पार्टीको निकायले सबै जनप्रतिनिधिको मूल्यांकन गर्नुपर्छ र बेलैमा आवश्यक सुझाव पनि दिनुपर्छ र पूरै अवधिको मूल्यांकन नगरी र राम्रो काम नगर्ने कार्यकर्ता र जनप्रतिनिधिलाई भ¥याङ चढाउनु हुँदैन । कुराले मात्र होइन अब महिलाले कामले नै आफ्नो सीप, क्षमता र कौशल देखाउनु पर्छ । महिलाहरू पुरुषभन्दा कम छैनौँ भन्ने कुरा कामले प्रमाणित गर्नुपर्छ ।

जतिसुकै यति उति प्रतिशत महिलालाई चाहियो भने पनि संविधानतः प्राप्त अधिकारलाई व्यवहारमा लागू गर्न हामी महिलाहरूले सकेका छैनौँ । अहिले हामी महिलाको बौद्धिक स्तर कहाँ छ ? हामी विषय पत्र, कार्यपत्र, लेख र रचनाहरू लेख्ने क्रममा हामी कहाँ छौँ ? यतिका टेलिभिजन नेपालमा छन् तर महिला र त्यसमा पनि अनेम संघका महिला नेतृहरूका समसामयिक वार्ता र अन्तर्वार्ता खासै सुनिँदैनन् । बरु झाँक्रीजस्ताका कुरा कुथुङ्ग्रीहरू बारबार सुनिन्छ । पत्रिका र मिडिया मैत्री पनि हुनुपर्दो रहेछ । हामी पत्रकार र तिनले प्रकाशित गरेका र प्रशारित गरेका सामग्री हामी महिलाहरू प्रायः हेर्दैनौँ । अनि ती समग्रीका बारेमा पत्रकारलाई सुझाव र सल्लाह पनि दिँदैनौँ अनि हामी पत्रिका र पत्रकारदेखि टाढा हुन्छौँ । अनि कसरी हाम्रा राम्रा कुरा प्रसारित हुन्छन् ? महिलाले महिलाका कृति र लेख पढ्दैनन् जोसुकैले गरेका राम्रा कामलाई प्रोत्साहित गर्ने बानी बसालौँ । मैले चेलीको चिरहरण किताब प्रकाशित गरेँ तर यस कृतिका बारेमा लेख र मौखिक सुझाव र प्रोत्साहन अझै पनि खासै गरेको पाइनँ । त्यसैले हामीले आफैँलाई हेर्न र नियाल्न जरुरी देखिन्छ ।

पार्टी र अनेम संघका सामान्य र नियमित काम गर्नुपर्छ तर त्यतिले मात्र हाम्रो औकात बढ्दैन । सबै मिडिया र अखबार पढ्नुपर्छ तर कुनमा सही सत्य तथ्य समाचार छापिन्छ र प्रसारण त्यति पनि हामी धेरैलाई थाहा छैन जस्तो लाग्छ । भात भान्सा गर्दा गर्दै पनि प्रविधिको दुनियाँमा हामी आफैँ पछि परिरहेका छौँ । महिला जनप्रतिनिधिहरूका काम के कस्ता छन् तिनको समाजमा के कस्तो प्रतिक्रिया छ । केही नगरपालिकाका उपप्रम्ुखले राम्रै काम गरेका छन् तर केहीले भने दुर्नाम कमाएको पाइन्छ । यस प्रदेशका नगरपालिकाले ५० लाखदेखि ३० लाखसम्म भाषा कला, साहित्य र संस्कृतिका क्षेत्रमा लगानी गरेर यस क्षेत्रलाई प्रोत्साहित गरेका छन् । उक्त पालिकामा धरान, इनरुवा, सुन्दर हरैँचा र कोशी हरैँचा नगरपालिका पर्छन् यी पालिकाले स्रष्टा प्रतिष्ठान नै स्थापना गरी यस क्षेत्रको उत्थान र विकासमा सहयोग गरेको पाइन्छ । उक्त नगरपालिकाका उपप्रमुखहरू क्रमशः मन्जू भण्डारी, जमुना पोखरेल, धना तामाङ र तारा पराजुलीहरू आआफ्ना नगरमा रचनात्मक कामका साथ सक्रिय रहेको देखिन्छ तर केही नगरपालिकाका जनप्रतिनिधि र सभासद्का कारण दिनप्रतिदिन पार्टी अलोकप्रिय बन्दै गएको छ ।

यति मात्र होइन प्रदेश नं. १ को ०७८ सालको स्रष्टा पुरस्कार छनौट समितिमा संयोजक रहेका एमाले स्रष्टा नामका कार्यकर्ताले छनौटमा चरम धाँधली गरेकाले बदनामी बेहोर्नुपरेको छ । यसरी एमालेका कतिपय नेता, कार्यकर्ता र स्रष्टा नै पनि कतिसम्म गिर्न सक्छन् भन्ने स्पष्ट भएको छ । तसर्थ यस्ता विकृतिलाई पर्गेली बेलैमा यथोचित उपचार गर्नुपर्छ । हाम्रा जनप्रतिनिधिले हर क्षेत्रलाई खुल्ला र पारदर्शी रूपमा सहयोग गर्नुपर्छ । र कर्मले योग्यता देखाउनुपर्छ ।

प्रतिक्रिया