मंगलम पाइप्सको सरसफाइ कार्यक्रम

भैरहवा । मंगलम् पाइप्सले भैरहवाको गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । मंगलम् पाइप्स र गोलगढ टोल सुधार समितीको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।

‘सफा, सुन्दर र हराभरा सहर, हामी सबैको रहर’ नाराका साथ सम्पन्न गरिएको कार्यकममा लगभग ७५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा गोलगढ क्षेत्रमा सरसफाइ गरिएको थियो । उक्त क्षेत्रमा मंगलम् पाइप्स्को पहिलो सरसफाइ कार्यक्रम भएतापनि वातावरण संरक्षण र संवर्धनको कुरामा भने कम्पनि पहिलेदेखि नै अग्रसर रहेको विज्ञप्तिमा उल्लेख छ । मंगलमा पाइप्सले निकै लामो समयदेखि विभिन्न ठाउँमा हात धुनको लागि धारा एवं फोहोर फाल्ने ठाउँको व्यवस्थापन गर्नको लागि डस्ट्बिनको स्थापना गर्दै आइरहेको पनि जनाएको छ ।

प्रतिक्रिया