आईएमई पेमार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक

काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आईएमई पे’को सेवाग्राही केन्द्रित योजना अन्तर्गत आईएमई पे सेवाग्राहीहरूको लागि नेपालभरिका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० (३ सय रुपैयाँसम्मको) क्यास ब्याकको अफर रहेको छ ।

उक्त योजना सार्वजनिक गरिएको अवसरमा आईएमई पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सम्पूर्ण सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुने र सेवाग्राहीहरूले क्यास ब्याकमार्फत भरपुर फाइदा उठाउन सक्ने खुसियाली व्यक्त गरेको छ । उक्त अफरमा आईएमई पेमा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरू भाग लिन पाउनेछन् । यो एकपटकको वैध योजना हो, जसको अर्थप्रति प्रयोग १ क्यास ब्याक हुनेछ । प्रयोगकर्ताले ३ सय रुपैयाँसम्म मात्र २० प्रतिशत छुट पाउन सक्नेछन् ।

‘आइएमई पे’ आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्रान्ड हो । झन्डै ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आईएमई पे’ आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्याैट विनियमावली– २०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आईएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

प्रतिक्रिया