अमेरिकामा जेनिस सलुशनको कार्यालय

काठमाडौ । डिजिटल प्रविधि सेवा प्रदान गर्ने कम्पनी, जेनिस सलुशनले संयुक्त राज्य अमेरिकामा आफ्नो पहिलो कार्यालय खोलेको जनाएको छ । ब्रिटेनमा मुख्यालय रहेको उक्त कम्पनीको नेपाल, भारत, पाकिस्तान, बांगलादेश, अष्ट्रेलिया र फिनल्याण्डमा कार्यालय रहेका छन । जेनिस सलुशन अमेजन वेब सर्भिसेज, गुगल तथा माइक्रोसफ्टको आधिकारिक सेवा प्रदायक पनि हो । जेनिसले यस भन्दा पहिले नै अमेरिकास्थित केहि ठूला बैकर्सलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ । अमेरिकास्थित नयाँ कार्यालयबाट जेनिसले सिलिकन भ्याली र फर्चुन जस्ता ५ सय कम्पनी लगायतमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

अन्तरराष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउनुका साथै विश्व सूचना, संचार तथा प्रविधि उद्योगमा नेपाललाई बजार मापदण्ड कायम गर्न सफल एक श्रोत मुलुकको रुपमा स्थापित गर्न चाहेको जेनिस सलुशन लिमिटेडका ग्लोबल मुख्य प्रविधि अधिकृत अन्जनी फुयालले बताए । जेनिसले एडब्लुएस, गुगल, माइक्रोसफ्ट, अलिबाबा क्लाउड लगायतका विश्वचर्चित क्लाउड सेवा प्रदायक कम्पनीहरु संगको साझेदारीमा आफ्ना कार्यालयबाट विश्व भरि नै सेवा प्रदान गर्दै जाने लक्ष्य लिएको पनि उल्लेख छ ।

प्रतिक्रिया