प्युठान । प्युठानमा सोमबार विहान जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मल्लरानी गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष ३५ को चलाक गोरख बहादुर पुनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
मल्लरानी गाउँपालिकको मुनडाँडाबाट बाग्दुला जाँदै गरेको रा १ ज १९९२ नम्बरको जीप मल्लरानी–३ बुकेनीको भीरबाट करिब १ किलोमीटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
गाडीमा चालक गोरखबहादुर पुन र सहचालक दिनेश नेपाली गरि दुई जना मात्र सवार रहेको प्रहरीको भनाइ छ । गम्भीर घाइते प्युठान नगरपालिका – ५ खड्गडेरा बस्ने वर्ष २२ का सहचालक दिनेश नेपालीलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ ।
अनियन्त्रित भई जीप दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्युठान
प्रतिक्रिया