१३ वाणिज्य बैंकद्वारा लाभांश घोषणा

काठमाडौं । १३ बाणिज्य बैकले लाभांस घोषणा गरेका छन । लाभांस घोषण गर्ने बैंकहरुले गत आर्थिक वर्षसम्मको नाफाबाट गरेका हुन ।
लाभांस घोषण गर्ने बैकहरुमा सिटिजन्स इन्टरनेशनल बैंकको १६ प्रतिशत, ग्लोबल आईएमई बैंकको १३ दशमलव ५ प्रतिशत, हिमालयन बैंकको २६ प्रतिशत, कुमारी बैंकको ८ लशमलव ६७ प्रतिशत, माछापुच्छ्रे बैंकको १४ प्रतिशत र नेपाल बंगलादेश बैंकले १५ दशमलव ५ प्रतिशत रहेको छ ।

त्यस्तै, नेपाल बैंक लिमिटेडले १७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत, सानिमा बैंकले १७ दशमलव ८९ प्रतिशत, सिद्धार्थ बैंकले १५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले १३ दशमलव शुन्य ६ प्रतिशत र बैंक अफ काठमाण्डूले १४ प्रतिशत लाभांश घोषणा गरेका छन् । कितावी मुल्य (बुकक्लोज) अघिको बजार मूल्यलाई आधार मान्दा लाभांश घोषणा गरेका १३ बैकमध्ये सबैभन्दा बढी लाभ आर्जन गर्नेमा हिमालयन बैंकका सेयरधनी रहेका छन । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेका कारण सेयर कारोबार रोकिएकोले पनि हिमालयन बैंकका सेयरधनीले बढी प्रतिफल प्राप्त गरेको देखिएको हो । सेयर कारोबारमा रोक नलागेको भए हिमालयन बैंकको सेयर मूल्य बढेर उक्त बैंकका सेयरधनीले पाउने प्रतिफल कम हुने निश्चित थियो ।

बैंकहरुले लाभांश घोषणा गरिसकेपछि बुक क्लोज भएकाको हकमा भने बुक क्लोज हुने दिनको बजार मूल्य र अन्य बैंकहरुको हकमा कात्तिक ७ कोे सेयर कारोबार बन्द हुँदाको समयमा कायम भएको मूल्यका आधारमा लाभांश प्रतिफल हिसाव गरिएको हो । सोही हिसाव अनुसार हिमालयन बैंकका सेयरधनीले सबैभन्दा बढी अर्थात ५ दशमलव ३७ प्रतिशत प्रतिफल पाएका छन् ।

त्यस्तै, सिटिजन्स बैंकका सेयरधनीले ४ दशमलब शुन्य २ प्रतिशत, ग्लोबल आईएमई बैंकका सेयरधनीले ३ दशमलब ६१ प्रतिशत, कुमारी बैंकका सेयरधनीले ३ दशमलब २८ प्रतिशत, माछापुच्छ्रे बैंकका सेयरधनीले ३ दशमलव ८४ प्रतिशत र नेपाल बंगलादेश बैंकका सेयरधनीले ३ दशमलव ९४ प्रतिशत प्रतिफल आर्जन गरेका छन । चार्टर्ड बैंक नेपालका सेयरधनीले सबैभन्दा कम अर्थात २ दशमलव ४६ प्रतिशत मात्रै प्रतिफल पाएका छन । लाभांस घोषणा गर्न बाकी बैकहरुको पनि वित्तिय बिवरण सार्वजनिक हुने क्रम सुरु भैसकेको छ ।

बैक खातामा लाभांस पठाउन निर्देशन
नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीबाट शेयरधनीलाई नगद लाभांश प्रदान गर्दा सबै विवरण स्पष्ट हुने गरी बैंक खातामा पठाउन निर्देशन दिएको छ । सूचीकृत कम्पनीले आफ्ना शेयरधनीलाई प्रदान गरेको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्दा बैंक स्टेटमेण्टमा शेयर रजिष्ट्रारको मात्र नाम आउने गरेका सन्दर्भमा बोर्डले सबै विवरण खुल्ने गरी लाभांश पठाउन निर्देशन दिएको हो ।

हालैका दिनमा कुन कम्पनीको, कुन आर्थिक वर्षको र कुन दरको लाभांश हो भन्ने स्पष्ट हुन नसकिएको भन्ने गुनासो आएको भन्दै बोर्डले जारी गरेको निर्देशनानुसार अब कम्पनी आफैँ वा आफ्ना शेयर रजिष्ट्रारमार्फत शेयरधनीका बैंक खातामा नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आव, रकम आदि खुल्ने गरी पठाउनुपर्ने भएको छ । साथै कम्पनीले यसरी लाभांश पठाउँदा क्लियरिङ हाउस लिमिटेडले तोकेका ढाँचामा सूचित गर्नुपर्ने विषयसमेत स्पष्ट खुलाउन बोर्डले निर्देशन दिएको छ ।

प्रतिक्रिया