सातवटै प्रदेशका कृषि मन्त्रीसँग छलफल गर्दै कृषिमन्त्री महिन्द्रराय यादव

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले सातवटै प्रदेशका कृषि मन्त्रीहरुसँग छलफल सुरु गरेका छन् । सिंहदरबारस्थित कृषि मन्त्रालयमा बैठक सुरु भएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश सञ्जेलले बताए । देशमा आएको बाढी पहिरोका कारण भएको क्षति तथा पीडित किसानलाई दिइने राहत एवं क्षतिपूर्तिको बारेमा छलफल हुने उनले बताए ।

सातवटै प्रदेशको प्रारम्भिक क्षति विवरण मन्त्रालयमा आइपुगेको छ । प्रारम्भिक क्षतिको आधारमा अरु थप के गर्न सकिन्छ, तत्काल राहत कसरी र कति दिने, थप क्षतीपूर्ती दिनका लागि कस्तो प्रकृया अपनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । पीडित किसानलाई राहत दिनका लागि संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय हुने मन्त्रालयले जनाएको छ ।

सातवटै प्रदेशका कृषि मन्त्रीहरुको धारणा सुनिसकेपछि संघीय सरकारले पिडित किसानहरुका लागि राहत तथा क्षतिपूर्तिको व्यवस्थामा लाग्ने बताइएको छ ।

प्रतिक्रिया