पुँजी बजारमा संकट आएकै हो त ?

नरेन्द्रमान श्रेष्ठ

सेयरबजारका कतिपय लगानीकर्ताहरूको मनोविज्ञानलाई नियाल्ने हो भने धेरैजसो लगानीकर्ताहरू बजार बढेको बेला, नेप्से उकालो लागेको बेला लगानी गर्ने गरेको देखिन्छ । नेप्सेमा हरियाली छायो भने कारोबार बढ्ने गरेको देखिन्छ । निषेधाज्ञामा भएको कारोबारले पनि यस्तै देखाएको थियो । नेप्से बढेको समयमा भोलि पनि बढ्छ कि भनेर लगानी गर्ने गरेको बताउँछन् कतिपय लगानीकर्ताहरू । कतिपय लगानीकर्ताहरू भने घटेको बेला सोही कारणले लगानी नगरेको बताउँछन् ।

पछिल्लो समयमा सेयरबजार खस्किँदो अवस्थामा छ । सेयरबजार ओरालो लाग्ने र नेप्से निरन्तर घट्दो अवस्थामा छ । अहिलेको अबस्था भनेको नेप्से बढ्ने समय हो, लाभांश बाँढ्ने समय हो । पछिल्लो समयमा कतिपय कम्पनीहरूले लाभांशको घोषणा गरिरहेका छन् । लाभांश घोषणा गरिसकेका कम्पनीहरूको लाभांश पनि बिगतको भन्दा बढी नै रहेका छ । तैपनि सेयरबजार उकालो लाग्न सकेको छैन । यसमा कतै चलखेल त भइरहेको छैन ? भन्ने प्रश्न निकै पेचिलो बनेको छ ।

निषेधाज्ञाको समयमा दिनमा नै २१ अर्बभन्दा बढिको सेयर कारोबार हुने गरेको थियो भने नेप्से ३२ सय अंक पार गरेको थियो । तर पछिल्लो समयमा सेयरबजार निरन्तर घटिरहेको छ । नेप्से ३२ सय अंकबाट घटेर २५ सय अंकको हाराहारीसम्म पुगिसकेको छ । पछिल्लो समयमा नेप्से निरन्तर ओरालो लागिरहेका कारणले लगानीकर्ताहरू आत्तिनु, डराउनु स्वभाविक पनि हो । नेप्से घट्ने बढ्ने त भइरहन्छ तर लगातारको गिरावटका कारणले नेप्से फेरि घट्ला कि भन्ने डरले लगानीकर्ताहरू लगानी गर्न डराइरहेका भने अवश्य छन् । यो स्वभाविक पनि हो । कुनै पनि क्षेत्रमा लगानी गर्दा लगानीकर्ताहरूले नाफा नै खोज्छन् । घाटा खानका लागि लगानी गर्दैनन् । सेयरबजारका लगानीकर्ताहरूले पनि नाफा नै खोज्छन । त्यसो त सेयरबजार सधँै घट्ने र सधँै बढ्ने मात्र पनि हुँदैन । नेप्से घटेपछि बढ्छ पनि । लगानीकर्ताहरू डराउन, आत्तिन पर्ने अवस्था भने छैन । लगानीकर्ताहरूमा धैर्य गर्ने क्षमता पनि हुनुपर्छ ।

सेयरबजारका कतिपय लगानीकर्ताहरूको मनोविज्ञानलाई नियाल्ने हो भने धेरैजसो लगानीकर्ताहरू बजार बढेको बेला, नेप्से उकालो लागेको बेला लगानी गर्ने गरेको देखिन्छ । नेप्सेमा हरियाली छायो भने कारोबार बढ्ने गरेको देखिन्छ । निषेधाज्ञामा भएको कारोबारले पनि यस्तै देखाएको थियो । नेप्से बढेको समयमा भोलि पनि बढ्छ कि भनेर लगानी गर्ने गरेको बताउँछन् कतिपय लगानीकर्ताहरू । कतिपय लगानीकर्ताहरू भने घटेको बेला सोही कारणले लगानी नगरेको बताउँछन् । तर कतिपयको भनाइमा घटेको बेला सेयरमा लगानी गर्नुपर्ने भेट्टियो । यदि घटेको बेला फेरि घट्छ कि भनेर लगानी नगर्ने हो भने घटेको बजार कसरी बढ्छ भन्नेहरू पनि नभएका होइनन् । सेयरबजार उकालो लाग्नका लागि सेयर किन्ने लगानीकर्ताहरूको लर्को पनि त हुन प¥यो नि भन्ने एकथरिको भनाइ रहेको छ । त्यसो त कतिपय सेयरबजारका ठूला व्यापारीहरूले घटेको बेला सेयरहरू उठाउने पनि गरेका छन् । घटेको बेला सेयर किन्ने केही ठूलाबडा लगानीकर्ताहरू जसले सेयरबजारलाई आफ्नो अनुकूल बनाउने क्षमता राख्छ त्यस्ता लगानीकर्ताहरूले सेयर उठाउने गरेको बताउँछन् सरोकारवालाहरू । त्यसो त सेयरबजारमा चलखेल पनि हुने गरेका बताउँछन् कतिपय लगानीकर्ताहरू । उनीहरू केही ठूलाबडा सेयरबजारका माहिर खिलाडीहरूले सेयरबजारलाई आपूm अनुकूल बनाउन चलखेल पनि गर्ने गरेको बताउँछन् सरोकारवालाहरू । होल्ड रहने क्षमता भएका लगानीकर्ताहरूले घटेको बेला सेयर खरिद गर्नु फाइदाजनक हुने देख्छन् ।

त्यसो त सेयरबजार कहिले घट्छ त कहिले बढ्छ यो सेयरबजारको विशेषता नै हो । तर, बढेको बेला लगानीकर्ताहरू दंग हुन्छन् कारण खोज्दैनन्, तर घटेको बेला हार गुहार गर्छन् यसका कारणहरू खोतल्न थाल्छन् । नियमन निकायहरूलाई दोष दिन थाल्छन् । सेयरबजार घट्न र बढ्न नियमित नै भए पनि यसमा केही कारणहरू भने रहेका हुन्छन् नै कतिपय अवस्थामा विभिन्न कारणहरूले सेयरबजारमा असर गर्ने गरेका छन् । यसमा राजनीति, सरकारको अस्थिरता वा स्थिरता, कतिपय अवस्थामा सेयरबजारका नियमन निकायका नीतिनियम तरलता आदि कारणहरूले पनि सेयरबजारमा असर गर्ने गरेका छन् । पछिल्लो समयमा निरन्तर सेयरबजार ओरालो लाग्नुको खास कारण पनि छ । यसको कारणमा कतिपयले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा व्यवस्था गरेको सेयर कर्जामा चार करोड र १२ करोडको सीमालाई मानेका छन् भने कतिपयले अर्थ मन्त्रीको हावा भरेर फुलेको बेलुन भन्ने भनाइलाई पनि मानेका छन् । सरकारले पनि सेयरबजारलाई उकास्न केही पहल गरेन भनेर सरकारको आलोचना पनि गर्ने गरेका छन् । सेयरबजारको बारेमा बेलाबेलामा अर्थमन्त्रीले राख्ने विचारले गर्दा सेयरबजारका लगानीकर्ताहरू सुनिश्चित हुन नसकिरहेको तर्क धेरैको छ । अहिलेको सरकार सेयरबजार मैत्री नभएको आरोप लगाउनेहरूको पनि कमी छैन ।

सेयरबजार उकालो लाग्ने वा ओरालो लाग्नेमा विविध कारणहरू होलान् । तर मुख्य कारणचाहिँ सरकार परिवर्तन, अर्थमन्त्रीको भनाइ, नियामक निकायको नीति नियम, बैंकहरूको ब्याज दर, तरलता आदि हुन् । यिनै कारणले सेयरबजारमा प्रभाव पार्ने गरेको कतिपय सरोकारवालाहरूको भनाइ छ । पछिल्लो समयमा लगानीकर्ताहरू पनि हेर र पर्खको अवस्थामा रहेका छन्भन्दा पनि फरक नपर्ला । तर, यो कहिलेसम्म रहने त सेयरबजारका लगानीकर्ताहरूमा आत्मबल बलियो हुनुपर्ने पहिलो आवश्यकता हो । दोस्रो कुरा सेयरमा लगानी गर्दा सचेत सजग हुनुपर्छ । अरूको देखासिखी तथा हल्लाको पछि नलागी लगानी गर्नुपर्ने हुन्छ । त्यसो त ३२ सय बिन्दु पार गरिसकेको नेप्से २५ सय बिन्दुको हाराहारीमा आए पनि नियामक निकायहरूले नै ध्यान दिएको देखिन्न, न त सरकारले नै ध्यान दिएको छ । त्यसो त नेपाल राष्ट्र बैंकको ४ करोड र १२ करोडको सीमालाई हटाउनुपर्छ भनेर १८ बुँदे माग राखेर केही सेयर लगानीकर्ताहरूले आन्दोलनसमेत गरे । तर, सेयरबजारको सुधारको लागि भनेर आन्दोलन गरेदेखि नेप्से घटेको घटै छ । पछिल्लो समयमा नेप्से निरन्तर ओरालो लागको दोष नियामक निकायहरूलाइ दिने गरिएको छ । यो धेरै हदसम्म सत्य कुरा हो । नियामक निकायहरू जिम्मेवार नभईदिँदा सेयरबजारमा संकट आएको बताउँछन् सरोकारवालाहरू ।

पछिल्लो समयमा सेयरबजार निरन्तर ओरालो लगिरहेको कारण लगानीकर्ताहरू डराए, हराए, लगानीकर्ताहरू सेयरबजारबाट बाहिरिए भनेर पनि चर्चा नचलेको होइन । कतिपयले बजार घटाउन चलखेल गरिएको भन्ने गरेका छन् । त्यसो त बजार ओरालो लागेको भन्दैमा लगानीकर्ताहरू बजारबाट बाहिरिन पर्ने अवस्था भने छैन । सेयरबजार घटेपछि बढ्छ पनि । तर, सेयरबजारमा नयाँ प्रवेश गरेका लगानीकर्ताहरू भने आत्तिने गरेका छन् । बजार घटेपछि फेरि घट्छ कि भनेर घाटामा भए पनि सेयर बेचेर बजारबाट बाहिरिने प्रवृत्ति बढ्दो छ ।

अहिलेको अवस्थामा सेयरबजारका छोटो अवधिका लगानीकर्ताहरूलाई केही बेफाइदाजस्तो देखिए पनि लामो अवधिका होल्डमा बस्ने लगानीकर्ताहरूको लागि भने फाइदाजनक नै देखिन्छ । किनकी नेप्से घटेपछि बढ्छ पनि । अहिलेको समय भनेको बाली खाने समय हो भन्दा पनि फरक नपर्ला । अहिले कम्पनीहरूले धमाधम लाभांश वितरण गर्ने समय हो । त्यसो त सेयरबजार भनेको नै जोखिमको व्यवसाय हो यसमा जेखिम पनि बढी हुन्छ र फाइदा पनि बढी नै हुन्छ । एउटा भनाइ छ नि, ‘नो रिक्स नो गेन ।’

प्रतिक्रिया