एलआईसी नेपालको स्वतन्त्र सञ्चालकमा मोलरी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रविनकुमार मोलरी नियुक्त भएका छन् । मोलरीलाई उक्त पदमा भारतीय जीवन बिमा निगमले गत असोज १३ मा मनोनित गर्न पत्राचार गरे बमोजिम कम्पनी सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो ।

मोलरीलाई असोज १४ देखि नै लागू हुने गरी आगामी चार वर्षसम्मका लागि कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको सूचनामा उल्लेख छ । यसभन्दा अगाडिका सञ्चालक भीके कुकरेजाको पदावधि समाप्त भएका कारण सञ्चालकमा मोलरी नियुक्त भएका हुन् ।

प्रतिक्रिया