मुक्तिनाथ विकास बैंक सम्मानित

काठमाडौ । विश्व बैंक समूहको अन्तराष्ट्रिय बित्त निगम (आइएफसि) तथा एसएमई फाइनान्स फोरम द्वारा आयोजना गरेको जिपिएफआई बाट समर्थित ‘ग्लोबल एसएमई अवार्ड २०२१’ द्वारा मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ । सो कार्यक्रममा साना तथा लघुबित्त क्षेत्रमा काम गरिरहेका विश्वभरीका विभिन्न सँघसंस्थाहरु प्रतिस्पर्धामा सहभागी भएका थिए ।

साना तथा लघुवित्त क्षेत्रमा बैंकले पु¥याएको योगदानको कदर गर्दै बैंकलाई सम्मानित गरिएको हो । सम्मानले बैंकलाई भविष्यमा साना तथा लघुबित्त क्षेत्रमा थप योगदान गर्नको लािग उत्साहित बनाएको पनि विज्ञप्तिमा उल्लेख छ । बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० हासिल गरसकेको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी मुलुकभर रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिग,क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिग खाता मै रेमिट्यान्स जम्मा मिस्डकल बैंकिग जस्ता सेवरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको पनि बैकले जनाएको छ ।

प्रतिक्रिया