सामलिङ पावर कम्पनीको आईपीओ खुल्यो

काठमाडौं । सामलिङ पावर कम्पनीले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका सात लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ ।

निष्कासन गरिएको कुल सेयरमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ ।

बाँकी ६ लाख ७८ हजार ९०० कित्ता सर्वसाधारणका लागि आवेदन खुला गरिएको हो । कम्पनीको सेयरका लागि यही कात्तिक ८ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।

प्रतिक्रिया