किन जरुरी छ दुई पाङ्ग्रे सवारी साधन निरुत्साहन ?

अनुषा थापा

पठाओको राइडरको दैनिक आम्दानी पाँच हजारसम्म हुन्छ । तर, उनीहरूले दैनिक कमाइको राजस्वसमेत राज्यलाई तिरेका छैनन् । आफ्नो कामको लागि प्रयोग गर्ने र पठाओको रूपमा प्रयोग गरेर पैसा कमाउनेको लागि कर बराबर छ । यात्रु बोकेर पैसा कमाउनेको लागि कर बढाउन आवश्यक छ । यात्रु बोक्ने पठाओका दुई पाङ्ग्रेहरू अहिले रातो प्लेटमा सञ्चालन भइरहेको छन् । यिनीहरूलाई कालो प्लेटमा दर्ता गर्नुपर्छ ।

दुई पाङ्ग्रे सवारी साधन दर्तामा रोक जरुरी देखिएको छ, नत्र अधिकांश जनता सुकुम्बासीमा परिणत हुन बेर लाग्दैन । दशैभर ३९ लाख सवारी साधन दर्ता भएको यातायात व्यवस्था विभागको भनाइ छ । तीमध्ये २५ लाख त स्कुटर र मोटरसाइकल दर्ता भएको छ । बाँकी १४ लाखमा भाडाको, निजी र सरकारी तथा संस्थानका गाडीहरू पर्दछन् । भाडाका गाडीको प्रत्येक चार महिनामा रोडपरमिट, ६ महिनामा जाँचपाँस, प्रदूषण पनि चेक गराउनपर्छ । निजी प्लेटको गाडीचाहिँ एक वर्षको अन्तरमा प्रदूषण चेक गराउने व्यवस्था छ ।
भाडाको गाडीले एकचोटीमा प्रदूषण जाँच गरेबापत ५० रुपैयाँ राजस्व तिर्छन् भने निजी गाडीले सय रुपैयाँ तिर्नुपर्छ । तर, दुई पाङ्गे्र सवारी साधनले न चार महिनाको रोडपरमिट राजस्व तिर्नुपर्छ न ६ महिनामा गरिने जाँचपाँचको राजस्व तिर्नुपछ । यातायात कार्यालयले दुई पाङगे्र सवारी साधनको प्रदूषण चेक गर्दैन । प्रदूषण सरकारले चेक नगर्दा राजस्व ढुकुटीमा आउनपर्ने अर्बांै रुपैयाँ राजस्व घाटा भएको छ । यी सवारी साधनले वातावरण प्रदूषित हुनेगरी धुँवा फालिरहेका छन् । इन्जिन बिग्रिएका र मर्मत सम्भार हुन आवश्यक रहेको मोटरसाइकलहरू बाटोमा गुडिरहेका छन् ।

राज्यले पाउनपर्ने कर पनि दुई पाङगे्र सवारी धनीहरूले तिरेको छैनन् । केही वर्षयता यस्ता दुई पाङगे्र सवारी साधनहरूको चोरी पनि बढिरहेको छ । घरको कम्पाउन्डभित्रबाटै मोटरसाइकल चोरी हुन्छ । दुई पाङ्गे्र सवारी साधनको प्रदूषण चेकजाँच गरी राजस्व लिने हो भने राज्यको ढुकुटीमा राजस्व आउने थियो । प्रदूषण चेकजाँचमा कुनै सवारीको कन्डिसन ठीक नभएको देखापरेमा त्यस्ता सवारी साधनलाई बाटोमा गुड्नबाट रोक लगाउनुपर्छ । मोटरसाइकल चोरीको साथै दुर्घटनाको पनि न्यूनीकरण हुन्छ । अहिले मोटरसाइकल बेच्ने कम्पनीहरूले विभिन्न विज्ञापन राखेर आफ्नो मनलाग्दी भाउमा बिक्री गरिरहेका छन् । यस्ता अटोसोरुमहरूले विज्ञापन राखेदेखि सम्पूर्ण खर्च जोडेर जनता ठग्ने काम गरिरहेका छन् । नेपालमा सवारी साधन बन्दैन । अन्य मुलुकबाट आयात गरिन्छ । यसो गर्दा हाम्रो देशको पैसा जति सबै अरूकै देशमा जान्छ । मोटरसाइकल किनेको तीन महिनामा नै इन्जिन बिग्रेर बनाउनुपरेको भन्नेहरू पनि धेरै छन । तर अटोसोरुमहरूले ग्राहकहरूलाई एक वर्षसम्म सर्भिस चार्ज फ्रि भनेर बेचिरहेका हुन्छन् । मोटरसाइकल किनेको तीन महिनामा इन्जिन बिग्रियो भनेर अटोसोरुमलाई देखाउन लग्यो भने न सर्भिस फ्रि पाइन्छ न मोटरसाइकल साटिदिन्छ । नेपाल सरकारले भन्सारमै सवारी साधनको प्रदूषण चेक गर्ने व्यवस्था गर्नपर्छ । इन्जिन ठिक भएका, प्रदूषण नगर्ने सवारी साधनहरूलाई मात्रै नेपाल भित्राउनसके बिग्रेको गाडी किनेर पैसा खेर फाल्नबाट जनता बच्थे । भन्सारमै राज्यको ढुकुटीमा राजस्व आउथ्यो ।

सरकारले जुनसुकै सामानको रेट व्यापारीलाई तोक्ने अधिकार दिएको छ । सरकारले नै हरेक सामानको मूल्य आफैँ तोकिदिने हो भने जनता मारमा पर्नबाट जोगिन्थे । अहिले मान्छेहरू दुई पाङ्गे्र सवारी साधनतिर निकै नै आकर्षित छन् । तर सबैभन्दा बढी दुर्घटना हुने भनेकै दुई पाङ्गे्र सवारी साधन हुन् । यसले गर्दा राज्यलाई निकै बेफाइदा भएको छ । दुई पाङ्गे्र सवारी साधनको बढ्दो खरिदबिक्रीको कारण सडकमा ट्राफिम जाम अत्यन्त बढिरहेको छ ।

सडकले थेग्न नसक्ने गरी सवारी साधनको चाप बढेको छ । दुई पाङगे्र सवारी साधनका कारण बाटो पुरै अस्तव्यस्त बनेको छ । दुई पाङगे्र सवारी साधनअन्तर्गत पठाओ तथा टुटलहरूहरू पनि पर्दछन् । यिनीहरूले यात्रुलाई गन्तब्यस्थलसम्म पुप्याउने काम गर्छन् । पठाओको राइडरको दैनिक आम्दानी पाँच हजारसम्म हुन्छ । तर उनीहरूले दैनिक कमाइको राजस्वसमेत राजयलाई तिरेका छैनन् । आफ्नो कामको लागि प्रयोग गर्ने र पठाओको रूपमा प्रयोग गरेर पैसा कमाउनेको लागि कर बराबर छ । यात्रु बोकेर पैसा कमाउनेको लागि कर बढाउन आवश्यक छ । यात्रु बोक्ने पठाओका दुई पाङ्ग्रेहरू अहिले रातो प्लेटमा सञ्चालन भइरहेका छन् । यिनीहरूलाई कालो प्लेटमा दर्ता गर्नुपर्छ । यसो गर्दा राज्यको ढुकुटीमा अर्बौं रुपैयाँ राजस्व जम्मा हुन्छ । पठाओले आफ्नो हिसाबले भाडा तोकेको छ । तर पठाओलाई कालो प्लेटमा दर्ता गर्ने हो भने राज्यले नै यसको भाडादर कायम गर्छ ।

यसो गर्दा अहिले यात्रुले तिरिरहेको भाडादरको आधा तिर्दा पठाओमा यात्रा गर्न सकिनेछ । अहिले यात्रुले तिरेको भाडा पठाओ कम्पनीले निर्धारण गरेको हो । सार्वजनिक यातायात व्यवसायीहरूले सिन्डिकेट लगाउँदा निजी सवारीतर्फ सबै आकर्षित भएका हुन् । पठाओले पनि रात ९ बजेदेखि बिहान ६ बजेसम्म डेढी लिन्छ । यो त गैरकानुनी होइन् र ? जसको कारण निजी प्लेटको सवारी किन्ने होडबाजी बढ्दो छ । सार्वजनिक सवारी साधनमा वर्षौंदेखि भएको सिन्डिकेट सरकारले हटाउन सकेको भए निजी सवारी साधन किन्ने बढ्दैनथे । सबै प्रदेशमा ट्याक्सीको दर्ता बन्द । एयरपोर्टमा भएको हरियो प्लेटको ट्याक्सीको दर्ता पनि बन्द छ ।

त्यस्तै, उपत्यकामा चल्ने कालो प्लेटको ट्याक्सीको दर्ता पनि विगत तीन दशकदेखि बन्द छ । भएका ट्याक्सीहरू पनि सबै थोत्रा, पुराना र कबाडी छन् । भाडा पनि निकै महँगो छ । त्यसैले पनि दुई पाङ्ग्रे सवारी किन्नतर्फ सर्वसाधारणमा मोह जाग्यो । आम्दानी हुने, खर्च गर्न सक्नेले त मोटरसाइकल किन्लान् । तर आम्दानी नहुनेले समेत मोटरसाइकल किनेका छन् । कारण, बैंक फाइनान्सबाट सवारी किन्न सजिलै पाइने लोन । कसैले व्यापार गर्छु, स्वरोजगार बन्छु भन्दा बैंकफाइनान्सले लोन दिदैन् । अटोशोरुमहरूले भन्नेबित्तिकै बैंकफाइनान्सले लोन पास गर्छ । किनभने अटोसोरुमले बैंकफाइनान्सको चेयरम्यानलाई एउटा मोटरसाइकल किन्न रकम मिलाइदिए बापत २० हजार कमिसन दिन्छ । यता, त्यो पैसाचाहि मोटरसाइकल किन्नेसँग जोड्छन् । त्यसलै क्यासमा सवारी किन्ने र लोन लिएर सवारी किन्नेहरूको भाउमा आकासपातालको अन्तर पर्छ ।

०७४ सालमा यातायात व्यवस्था विभागको महानिर्देशक रूपनारायण भट्टटराई हुँदा यातायात क्षेत्रमा भएको सिन्डिकेट हटाउन अनेकौ कोसिस गरे । यातायात व्यवसायीले लगाएको सिन्डिकेट हटाउन, नयाँ ट्याक्सीको दर्ता खोल्न, सार्वजनिक यातायातका चालक सहचालकको बोलीमा सुधार ल्याउन र लोकल गाडीहरू बिहान चार बजेदेखि एघार बजेसम्म चलाउने निर्णय गरे । जसले सरकारले भनेको निर्णय अटेर गर्छ त्यसको रोडपरमिट र दर्ता खारेज गरिदिने स्पष्ट रूपमा भनिएको थियो । मोटरसाइकलले उपत्यकाभित्र अति जाम गप्यो भनेर उनले ट्राफिक महाशाखाको सहायतामा टिप्पणी उठाएर मन्त्रालय पठाएका थिए ।

भट्टराईले दुई पाङ्ग्रे सवारी साधन उपत्यकामा चल्नबाट प्रतिबन्ध लगाउन खोज्नुको कारण ट्राफिक व्यवस्थापनलाई सहज पार्नु थियो । यसो गर्दा ट्राफिक जाम कम हुने निश्चित देखिन्थ्यो भने प्रदूषण पनि निकै कम मात्र हुन्थ्यो । तर अटोसोरूमहरूले त्यतिखेरका यातायातमन्त्री र अर्थमन्त्रीलाई पैसा दिएर यातायात व्यवस्था विभागबाट गएको प्रस्ताव दराजमा थन्क्याउन सफल भए । अटोसोरुमहरूलाई सवारी साधन बेचेर पैसा कमाउनु छ । दुई पाङ्गे्र सवारी साधनले ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको प्रष्ट देखिएको छ । तैपनि यिनीहरूमा अलिकतिमा दिमाग आएको छैन । अटोसोरुम सञ्चालक भनेका भारतका दलालीहरू हुन् ।

यातायात व्यवस्था विभागले नयाँ ट्याक्सीको दर्ता खोल्दै मोटरसाइकललाई चल्नबाट प्रतिबन्ध लगाउन आँट गर्न जरुरी भएको छ । त्यस्तै मोटरसाइकलको नयाँ दर्ता रोक्नुपर्छ । अहिले भएको सडकमा सवारी जाम थेग्न नसक्ने भइसकेको छ । यस्तै हो भने अब सरकारले घर भत्काउदै बाटो बनाउने कामतिर लाग्नपर्छ । मोटरसाइकलको खरिदमा रोक लगाउन नसक्ने हो भने प्रदूषण बढेको बढै हुन्छ । राज्यलाई राजस्व पनि आउदैन् । यातायात क्षेत्रमा भएको सिन्डिकेट पनि हट्दैन् । ट्राफिक जाम थेग्नै नसकिने हुन्छ । सडक पुरै अस्तव्यस्त हुन्छ । यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले तत्कालै यसतर्फ आँखा लगाउनपर्छ ।

अर्थ मन्त्रालयले पनि राजस्वको लोभमा मोटरसाइकल भित्र्याउन दिनु हुँदैन । कति मान्छेको काटो दिँदादिँदै घर सिद्धिसक्यो । यसरी नै मोटरसाइकलको आयात गर्दै जाने हो भने बाँकी भएका घरहरू पनि भत्काउनपर्ने दिन नआउला भन्न सकिँदैन । सरकारले ठुला बस भित्राउने र रातभरि बस चलाउने निर्णयतिर एकचोटि गहिरो अध्ययन गर्नुपर्छ ।

प्रतिक्रिया