ईङवा हाइड्रोपावरको सेयर रजिष्टारमा नेपाल एसबिआई मर्चेण्ट

काठमाडौ । ईङवा हाइड्रोपावर लिमिटेडको प्रति शेयर अंकित मूल्य १ सय रुपैया दरको १९ लाख ६० हजार कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । राजधानीमा आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावर लिमिटेडको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

ईङवा हाइड्रोपावरले ताप्लेजगमा ९ दशमलब ७ मेगा बाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ । नेपाल एसबिआई मर्चेण्ट एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया