विश्व

बेलायतमा एक सांसदको छुरा प्रहारबाट हत्या

सौर्य अनलाइन २०७८ असोज ३० गते ८:२६ मा प्रकाशित

काठमाडाैं । बेलायतमा एक जना सांसदको छुरा प्रहार गरेर हत्या भएको छ । साउद इन्ड वेष्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा शुक्रबार छुरा प्रहार भएको थियो ।

एसेक्सको साउद इन्ड वेष्टको प्रतिनिधित्व गर्ने सर डेभिडमाथि शुक्रवार दिउँसो बेलफेयर मेथोडिस्ट चर्चमा आक्रमण भएको थियो । सांसदको हत्याको आशंकामा २५ वर्षिय एक व्यक्ति पक्राउ परेका छन्। आक्रमणकारीले सांसद डेभिडमाथि पटक पटक छुरा प्रहार गरेको पोस्टमार्टममा देखिएको छ ६९ वर्षिय सांसद डेबिडका ५ जना छोराछोरी रहेका छन्। अमिस सन् १९८३ देखि सांसद थिए । उनी साउद इन्ड वेष्टबाट सन् १९९७ देखि निरन्तर निर्वाचित हुँदै आएका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय