खोजखबर

प्रधानमन्त्री देउवाबाट मन्त्री र उच्च सरकारी अधिकारीले थापे दशैंको टीका

सौर्य अनलाइन २०७८ असोज २९ गते १९:१९ मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री तथा उच्च सरकारी अधिकारीले विजयादशमीको अवसरमा शुक्रवार टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीबाट गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विजयादशमीको टीका लगाएका हुन् । मुमाको हातबाट शुभसाइतको टीका लगाएपछि प्रधानमन्त्रीबाट टीका ग्रहण गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिए ।

प्रधानसेनापति प्रभुराम शर्मा, महान्यायाधिवक्ता खम्मबहादुर खाती र नेपाल सरकारका ३ वटै सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्रीबाट टीका लगाए ।कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गरी आवश्यक स्वास्थ्य सावधानी अपनाएर मन्त्री निवासमा सीमित संख्याको उपस्थितिमा टीका लगाइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय