खेल-खेलाडी

नेपाली फुटबल टोलीको विजयादशमी माल्दिभ्समै

सौर्य अनलाइन २०७८ असोज २९ गते १५:१९ मा प्रकाशित

काठमाडौं । साफ च्याम्पियनसिपको लागि माल्दिभ्समा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले विजयादशमी मनाएको छ । मालेको होटलमा नेपाली टोलीका खेलाडी, मूख्य प्रशिक्षक, अफिसियल र अखिल नेपाल फुटबल संघ एन्फाका प्रतिनिधिले विजया दशमीको टीका र जमरा लगाएका छन् । साफ च्याम्पियनसिपमा नेपाल पहिलोपटक फाइनलमा पुगेको छ । उपाधिको लागि नेपालले भोलि शनिबार भारतसँग खेल्दैछ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय