भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

काठमाडौं । भारतीय पूर्व प्रधानमन्त्री मनमोह सिंह अस्पताल भर्ना भएका छन्। सिंहलाई दिल्लीस्थित एम्समा भर्ना गराइएको हो । समाचार एजेन्सी एएनआईको रिपोर्टका अनुसार, ८९ वर्षीय मनमोहन सिंहलाई ज्वरो आएको जनाइएको छ। अब उनको अवस्था स्थिर रहेको बताइएको छ । कांग्रेस पार्टीको ‍ आधिकारिक ट्विटरमा सिंहको स्वास्थ्यको सुधारका लागि प्रार्थना गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया