थप ३६५ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ६ सय ७१ पीसीआर परीक्षण गर्दा ३२६ जना र १ हजार ९२३ एन्टिजेन परीक्षण गर्दा ३९ गरी ३६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने ६०९ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ३ हजार ८७८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ भने ७ लाख ७८ हजार ३५० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २६७ जना रहेका छन् ।

जसमध्ये १३ हजार १७२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३१५जना आईसीयू र १०७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३२ जना क्वारेन्टीनमा रहेका छन् । यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया