मंगलम इन्डष्ट्रिजद्धारा ५० हजार सहयोग

काठमाडौं । सीपीभीसी पाइप्स तथा फिटिङ्स उत्पादक कम्पनी मंगलम इन्डष्ट्रिज प्रालीले सामाजिक उत्तरदायित्व सेवा अन्तर्गत धनगढीका प्लम्बर विजय चौधरीलाई ५० हजार रुपैयाँको औषधी खर्च प्रदान गरेको छ । विगत १५ वर्षदेखि प्लम्बिङ क्षेत्रमा काम गर्दै आइरहेका चौधरी ११ भदौमा काम गरि रहेकै अवस्थामा करेन्ट लागि तेस्रो तल्लाबाट खसेर घाइते भएका थिए । लामो समयदेखि मंगलम पाइप्सको प्रयोग गर्दै आइरहेका घाइते चौधरीको उपचार खर्चको लागि सो रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

मंगलम इन्डष्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले मंगलम पाइप्स भनेको कर्मचारी र प्ल्मबरलाई आफूले सकेको सेवाप्रदान गरी उनीहरुलाई दुःख परेको बेलामा सधै सहयोगको हात अघि बढाउने कम्पनी भएको बताएका छन । उनले मंगलम इन्डष्ट्रिज सामाजिक उत्तरदायित्व निर्वाह र वातावरण संरक्षणमा पनि क्रियाशिल रहने बताएका छन । मंगलम इन्डष्ट्रिज नेपालको पहिलो सीपीभीसी पाइप फिटिङ्स उत्पादक तथा पोलिमर पाइपिङको अग्रणी उत्पादक तथा निर्यातकर्ता कम्पनी भएको दावी पनि विज्ञप्ति मार्फत गरिएको छ ।

प्रतिक्रिया