भरतपुर र गैडाकोटमा डिशहोमको फाइवर नेट

काठमाडौं । डिशहोमको फाइबरनेट भरतपुर र गैडाकोटमा विस्तार भएको छ । नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैडाकोटमा पनि विस्तार गरेको कम्पनीका बिक्रि प्रबन्धक मनोज शर्माले बतँउका हुन । काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, विरगञ्ज, धरान, जनकपुर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान ,भैरहवापनौती, पोखरा र बिराटनगर लगायत अन्य स्थानमा डिशहोम फाइबरनेट पुगिसकेको छ । अब छिटै नेपालगञ्ज र धनगढीमा पनि पुग्ने डिशहोमले जनाएको छ ।

प्रतिक्रिया