औषधि व्यापारमा कमिससनको होडबाजी : कति घातक ?

पवित्र थापा

हाम्रो देशको कानुनले औषधिको विज्ञापन गर्न रोक लगाएको छ । तर, यस्ता खाले विज्ञापनको बारेमा अझै पनि सम्बन्धित निकायले उचित कदम चालेको छैन । छुटका विज्ञापनले बिरामी र बिरामीका आफन्त माझ भ्रम र अविश्वसनीयता छरिरहेको छ । खुद्रा औषधि पसलले औषधि बेचेबापत पाउने कमाइ वा मुनाफा भनेको १६ प्रतिशत हो । तर नीजि वा व्यक्तिगत फार्मेसीले कसरी १५ देखि २० प्रतिशत छुट दिन सक्छन् ।

फार्मेसी भनेको औषधि बिक्रि कक्ष (एक किराना पसल) मात्र होइन । फार्मेसी सन्चालन गर्न फर्मासिस्ट अथवा फार्मेसी सहायकको उपस्थिति अनिवार्य हुन्छ । जसले कम्तीमा पनि तीन वर्ष डिप्लो अर्थात् औषधिसम्बन्धी अध्ययन गरेको हुनुपर्छ । साथै नेपालमा फार्मेसी नै चिकित्सकपछिको एक यस्तो स्वास्थ्यकर्मी हन्, जसले नाम दर्ता प्रमाणपत्र लाइसेन्सको परीक्षा दिएर उत्तीर्ण भएपछि मात्रै औषधि बिक्री वितरण गर्न पाउँछन् ।

‘फार्मेसी सधँै तपाईंको स्वास्थ्यका लागि विश्वसनीय’ भन्ने नाराका साथ यस वर्षको विश्व फार्मेसी दिवस सेप्टेम्बर २५ मा मनाइयो । तर, विभिन्न कारणले गर्दा फार्मेसी र विश्वसनीयताबीच तालमेल भइरहेको छैन । यसमा हामी स्वयं फर्मासिस्ट, सरोकारवाला निकाय र केही हदसम्म औषधि उपभोक्ता सबैको हात छ ।

तर तीव्र व्यापारीकरणले गर्दा फार्मेसी पेसामा विकृतिहरू फस्टाइरहेका छन् । सरकारको निर्णयका बावजुद अस्पताल फार्मेसीहरू भाडामा गइरहेका छन् । यस्ता भाडामा लिइएका फार्मेसीका एक मात्र लक्ष्य भनेको उच्च मुनाफा आर्जन गर्नु हुन्छ न कि विशिष्ट स्वास्थ्य सेवा दिनु नै हुन्छ । हालै आएर अनलाइन फार्मेसीको नाममा नयाँ विकृति सुरु भइरहेको छ । कुनै पनि फार्मेसी स्थापनाको लागि सरकारले निश्चित मापदण्ड तोकेको छ । तर, औषधि ऐनमा अझैसम्म पनि नेपालमा अनलाइन फार्मेसी सञ्चालनको लागि कुनै व्यवस्था छैन । आजकाल अनलाइन फार्मेसीको नामा १०, १५ अनि २० प्रतिशत छुटको नाममा औषधिको विज्ञापन भइरहेको छ ।

हाम्रो देशको कानुनले औषधिको विज्ञापन गर्न रोक लगाएको छ । तर, यस्ता खाले विज्ञापनको बारेमा अझै पनि सम्बन्धित निकायले उचित कदम चालेको छैन । छुटका विज्ञापनले बिरामी र बिरामीका आफन्त माझ भ्रम र अविश्वसनीयता छरिरहेको छ । खुद्रा औषधि पसलले औषधि बेचेबापत पाउने कमाइ वा मुनाफा भनेको १६ प्रतिशत हो । तर, नीजि वा व्यक्तिगत फार्मेसीले कसरी १५ देखि २० प्रतिशत छुट दिन सक्छन् ।

के यी फार्मेसी समाजसेवा गर्न खुलेका हुन् ? यदि मुनाफा राखेरै फार्मेसीले यस्तो छुट दिन सक्छन् भने किन सबै फार्मेसीले छुट दिँदैनन् । सरकारले के हेरिरहेको छ ? यस्तै विकृतिले गर्दा नै बिरामी घण्टौ कुरेर चिकित्सक भेट्छन् । विभिन्न परीक्षण गर्छन् र उपचार गर्छन् । जब औषधि लिन फार्मेसी छिर्छन्, उनीहरूको पहिलो प्रश्न हुन्छ औषधिमा कति छुट पाइन्छ ? जब छुटको कुरा आउँछ, दुई पक्ष बीचमा मोलमोलाई भई विश्वसनीयतामा कमी आउँछ । एक फर्मासिस्ट भएको नाताले म चाहन्छु कि सरकारले नै यो औषधि मूल्य र छुट, बोनस स्किम आदिमा उचित निर्णय लिई यसलाई व्यवस्थित र एकरूपता ल्याओस् । जसले गर्दा फार्मेसीमा जाँदा बिरामी वा उनका परिवारले छुटको बारेमा बोल्नै नपरोस् । यसमो साटो औषधिसम्बन्धी सम्पूर्ण जानकारी, खाने तरिका, अपनाउनुपर्ने सावधानी आदि बारे फर्मासिस्टसँग सल्लाह मागुन् ।

प्रतिक्रिया