विराटनगरको कञ्चनबारीमा सानिमा बैंक

काठमाडौं । सानिमा बैंक लिमिटेडले विराटनगरको कञ्चनबारीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरे ।

उद्घाटन् समारोहमा मह जोडीले विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरु लाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता गरे । सानिमा बंैकको देशका सातै प्रदेशमा १०६ कार्यालयर ९६ वटा एटिएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया