राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरेकी छन् । संघीय संसद्का दुवै सदनबाट पारित भएको विनियोजन विधेयक प्रमाणीकरणका लागि बिहीबार राष्ट्रपतिसमक्ष पठाइएको थियो । ​बजेट प्रमाणीकरणसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ ।

बजेट पारित नहुँदा भदौ ३० गतेदेखि सरकारले रकम खर्च गर्न सकेको थिएन । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सदनबाट पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ ।

 

 

प्रतिक्रिया