को–को छन, एकीकृत समाजवादीकाे पदाधिकारीमा ? (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको पहिलो बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । यही असोज ५ गतेदेखि सुरु भएको बैठक बिहीबार सम्पन्न भएको हो ।  पार्टीमा सातजना उपाध्यक्ष चयन गरिएको छ । नेता बेदुराम भुसाल महासचिव बनेका छन् । तीन उपमहासचिव र चार सचिव पनि चयन गरिएको छ ।

पार्टीले केन्द्रीय समितिबाहेक सबै तल्ला कमिटीहरूमा दुई उपाध्यक्षको प्रावधान तय गरेको छ । पार्टीमा पूर्ण र वैकल्पिकसमेत गरी ३०१ सदस्यीय केन्द्रीय सदस्य रहनेछन् । यस्तै, पोलिटब्यूरो ७१ सदस्यीय र स्थायी समिति ३५ सदस्यीय हुनेछ । पार्टीले ७०१ सदस्यीय केन्द्रीय परिषद्समेत निर्माण गर्ने भएको छ ।

पार्टीका विभागहरू २५ सदस्यीय हुने र १५१ सदस्यीय सल्लाहकार समिति गठन हुने पनि सचिव खतिवडाले जानकारी दिए । पार्टीले हरेक कमिटीमा महिलाहरूका लागि एक तिहाई र युवाहरूलाई ४० प्रतिशतको सेरोफेरोमा व्यवस्थापन गर्ने खतिवडाले बताए ।

निर्णयहरू–

प्रतिक्रिया