शेयर बजारमा उच्च वृद्धि

काठमाडाैं । निरन्तरको गिरावटपछि शेयर बजारमा बुधवार उच्च अंकको वृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से १ सय ४ दशमलव ८८ बिन्दुले बढेर २८ सय १६ दशमलव ९५ बिन्दुमा कायम भएको छ ।

अघिल्लो दिन १३ अंकले बढेको शेयर बजारमा बुधवार उछाल आएको हो । १३ कम्पनीको शेयर १० प्रतिशतका दरले बढेर सर्किट लाग्दा समग्र बजार ३ दशमलव ८७ प्रतिशतले बढेको छ ।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । सोमवार ८ अर्ब, मंगलवार ७ अर्बमाथिको कारोबार भएको शेयर बजारमा बुधवार ६ अर्ब १७ करोडको कारोबार भएको छ । कारोबार केही खुम्चिए पनि बजारमा उच्च वृद्धि भएको हो ।

प्रतिक्रिया