‘तत्कालीन सरकारले राजनीतिक प्रतिशोधका आधारमा म माथि मुद्दा चलायाे’

काठमाडौं । कांग्रेस उपसभापति विजयकुमार गच्छदारले आफूलाई तत्कालीन सरकारले राजनीतिक प्रतिशोधका आधारमा फसाउने दूषित उद्धेश्यले मुद्दा चलाएको बताएका छन । बुधबार तीनकुनेको एक होटेलमा पत्रकार सम्मेलन गर्दै नेता गच्छदारले यस्ताे बताएका हुन । ‘ममाथि लगाइएका आरोपका साथ संलग्न प्रमाण कागजातहरु अध्ययन गरिएमा मेरोविरुद्ध लगाइएका आरोपहरु झूटा हुन् भन्ने प्रमाणित हुन्छ । यद्यपि ममाथि छानबिन र अध्ययनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र छ,’ गच्छदारले भने, ‘तर दूषित उद्धेश्यले मेरो खुला किताबसरह रहेको मेरो राजनीतिक जीवन ध्वस्त पार्ने प्रयास भएको छ ।’

उनले ५० वर्षको राजनीतिक र सामाजिक जीवन नै ध्वस्त पार्ने गरी षड्यन्त्रपूर्वक रुपमा फसाउने कोसिस गरिएको समेत दावी गरे । उनले आफू निर्दोष भएको समेत दाबी गरेका छन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि लामो समय सक्रिय राजनीतिबाट गुमनाम भएका गच्छदार गत ३० असारमा विशेष अदालतबाट १० लाख धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया