परराष्ट्रमन्त्रीमा नारायण खड्का नियुक्त, आजै शपथ लिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सांसद डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम डा. खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री खड्कालाई आजै अपराह्न पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताए ।

प्रतिक्रिया